Skip to content


एउटा गरिब धनी भइहाल्यो भने,
उस्ले सुतेको गुन्दरी बोर्सन्छन् ।
मिठो भात दाल तरकारी पाए,
दुखका दिनको सिस्नो र ढिडो बिर्सन्छन्।

साथीले उन्नति गरी हाल्यो भने,
बचपनको साथीत्व बिर्सन्छन।
माटो, धुलो, लुकी, खेलेको,
अनि साथै हिड डुल गरेको ठाउनै बिर्सन्छन् ।

नेताहरूले चुनाव जिते हाले,
भोट दिने जनता बिर्सन्छन् ।
कथम काल मन्त्री भैहाल्यो भने,
रगतले लतपतिएका शहिद बिर्सन्छन् ।

नाठे पाए घरका श्रीमतीले,
प्रदेश पुगेको श्रीमानलाई बिर्सनछन् ।
छाती चुस्ने कोखिको घाऊ भनिने,
लाला बाला नानी बिर्सन्छन् ।

नै मैना पेट अनि काखमा बसी हुर्केको छोरो,
बुहारी भित्र्याउदा आमाको गुन बिर्सन्छन् ।
सॉंझ बिहान जुटाउदा बाबाले,
चुहाएको पसिना को मूल्य बिर्सन्छन् !

उमेर पुगिहाल्यो भने छोरीको,
बाबुको अर्ती उपदेश बिर्सन्छे ।
प्रेम, कथा हो या नाटक,
हिसाब किताब गर्नै बिर्सन्छे ।

आज्ञा कहॉं छ कर्तव्य कहॉं छ,
केबल आफनै संसारमा रमाउछ।
सर्व श्रेष्ठ भन्नु धिकार छ मान्छे,
यथार्थमा आर्दश बिर्सन्छन् ।

तर एक घर पालुवा पशु कुकुर,
आधापेट खॉंदानी घरमै सुतछ।
पराई कोही आए झम्टिन कुदछ,
कर्तव्यपालन गर्न दैनिक जुटछ,

कथमकदाचित घरबाट जति नै टाढा पुगे पनि,
जतिनै मिठो खान पाए पनि,
आफू बसेको घर अनि मालिक कहिल्यै बिर्सदैन,

भेट हुदा पुछर हलाउदै कुई कुई गरिदै,
आतमीय प्रेम व्यक्त गर्दछ।
हेरौत पशु भन्निने ती कुकुर,
अनि सभ्य भनाउदा मान्छे बीचको फरक।

तुलसिंह नेपाली
दैलेख
हाल यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *