Skip to content

जानीजानी गरिएको भूल


जानीजानी गरिएको, भूलको के अर्थ
संदेशबिहीन टाँगीने, तुलको के अर्थ ?

यहाँ यस्तै अर्थबिहीन काम गरिन्छ
परागबिनाको त्यो, फूलको के अर्थ ?

कुरा गर्छौ पराम्परा र खान्दानीको
मास्दै छौ मानवता, कुलको के अर्थ ?

हाहाकार मचिन्छ, झुपडी बस्तीमा
प्रयोगबिनाको त्यो, मुलको के अर्थ ?

प्रश्नै पश्नहरूमा फेरि अन्तिम प्रश्न
देखिने संसदीय ती, हुलको के अर्थ ?

-नवराज योन्जन
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *