Skip to content

म बुटवल पुग्छु भन्दा


म बुटवल पुग्छु भन्दा, भन्छ्यौ पाल्पा गै’छु
थाहा थिएन त्यो नजरमा, खेलौना पो रै’छु

मुटु झिकी मान्छे बेच्ने, व्यापार गर्छौ र कि ?
भन्छ्यौ अरे दुनियालाई, ऊ गलत म सै’छु

चोखो माया लत्याएर, धनको पछि लाग्दा
भन्नु पर्ला कुनै दिन, पछुताउने भै’छु

सुनै सुनको महल होस् या हीरा चाँदी मोती
रित्तै आ’थ्यौं रित्तै जान्छौं, भन्दिनौ केही लै’छु

माया होस् या घृणा मलाई, जे-जे गरे पनि
तिम्लाई केही पर्यो भने, अघि सर्ने मै छु

म बुटवल पुग्छु भन्दा, भन्छ्यौ पाल्पा गै’छु
थाहा थिएन त्यो नजरमा, खेलौना पो रै’छु

हरि गौतम (अर्घाखाची )
खनदह-३
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *