Skip to content


गाउँ निदाएको छ आज फेरि तिम्रो अभावमा
आँगनी उराठ छ तिम्रो विछोडमा
माटो आश गर्छ तिम्रो सुन्दरतामा
गोरेटो एक्लो हुन्छ तिम्रो साथ विना
तिम्रो आगमनसँगै हामीलाई हेर्ने रहर छ इन्द्रेणीको रङ्ग
फुल्न फुल्न खोजिरहेका छन् हाम्रा सपनाहरू
अरुलेझै मैले पनि सम्झेकिछु तिमीलाई
अरुले जस्तै मैले पनि शिरमाथि राखेकी छु तिमीलाई
फुल्नफुल्न थालेको हजारीको फूलछेउ उभिएर
अरुले जस्तै मैले पनि पर्खेकी छु तिमीलाई
तिम्रो आगमनसँगै देश ब्युँझन्छ
यति बेला तिम्रो अभाव खट्कदै छ विश्वास छ
तिमी अवश्य आउने छौ
तिमी अर्थात घाम ।

दीपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *