Skip to content


विजया दशमी २०७४को टीका ग्रहणगर्न आश्विन १४ गते शनिबार सरस्वती नगर चावहेल गइयो । दाइ हामी लगायतलाई टीकालागाइ दिन घरै बस्नुभएको थियो । परिवार सहित बिस्तारै घरको अन्तिम तल्ला पुगियो अर्थात चौथो तल्ला पुग्नु अघि जुत्ता खोलेर राखियो ढोकाको दाहिना तर्फ कान्छी भाइ बुहारी भाँडा सफा गर्दै थिइन । भित्री कोठामा पुग्नु अघि एउटा ठूलो भाले ढोकैमा भेटियो ।

किन भाग्दैन यो भाले ! मान्छे देखेपछि त कुखुरा भाग्ने गर्थ्यो यो भाले भागेन, म भित्र पसे । पहिले जादाँ कुकुर थियो त्यहाँ अहिले त्यो भालेले कुरको काम गरेको त होइन ! फेरि सोचें यो त खाने कुरापो हो त । कुकुर र भालेमा फरक त छ नि !

भित्र गएर प्रणामपाती गरियो र नजिकै राखिएको सोफामा बसियो । भाले कहिले ढोकाको बीच कहिले ओजेल पर्दछ । जसको आयु त्यो घरपरिवारको इच्छा अथवा कोही पाउनाको सत्कारमा निर्भर रहेको छ । केही खाने कुराहरू भइमा परेको छ । ऊ टन्न अगाएको छ कुनै खाने मन छैन । न उसको कोही साथी नै छ न उसको जोडी नै । फगत एक्लै मान्छेको स्वादकोलागि मात्र उसलाई पालिएको छ ।

यो स्वाद भन्ने चीज अचम्मको दुँदो रहेछ धेरै कुरा यसैमा अडेको छ, झुकेको छ र भुलेको एवं भुलाइएको छ । मासुको स्वाद, खानाको परिकारको स्वाद, खेलको स्वाद, गीतको स्वाद, लागुऔषधीको स्वाद, जुवाको स्वाद, अरु के के को स्वादहो भन्नै र गन्नै सकिदैन यो स्वादले सकारात्मकभन्दा बढी नकारात्मकतातिर बढी लैजान्छ । त्यो स्वादको स्वार्थको कारण मानिसले त्यो भाले “प्रतिनिधि”लाई पालन पोषण र सेवा गरिरहेका छन् । यदि त्यसो नहुने हो भने त्यो फोहरी कुखुरोलाई कसले पो पाल्थ्यो र !

त्यो सुंगुर, बङ्गुर तथा चरा जातकालाई वा उड्ने र हिड्ने पुच्छर भएका र नभएका फुल र बच्चा जे आउने भए पनि माया गर्नु र पाल्नुको पछाडि के स्वार्थ लुकेको छ ! त्यसकारण भाले त्यहाँ छ कसैको स्वार्थ वा स्वाद अथवा खाने परिकार कथित मिठो उसको मासुले बन्ने छ । यसकारण ऊ ठाँटले घरभित्र पालिएको छ । धेरैको मनपराईमा पनि पर्छ । राम्रो र शुभ अथवा कुनै भलाइको लागि हैन ।

कुकुर ढोकामा रहन्छ ताकि चोरी हुनबाट बाचाउँछ आफ्नो र अरु मान्छे सजिलै चिन्दछ । राति राम्ररी सुरक्षा दिन्छ त्यसकारण ऊ बिरामी भयो भने तुरुन्त उपचारको लागि किल्निक लगिन्छ तर कुनै कहाँ सोही घरको बुडी आमै बिरामी परिन भने पनि समयमा अस्पताल पुग्दिनन समय मिलाउनु पर्छ किनभने उनीबाट कुनै काम हुनेवाला छैन । बरु केहीले त छिटो गए राम्रो भन्नमा सहज मान्छन् । तर यो पनि सत्य हो कि स्वाद वा स्वार्थ दिगो हुंदैन जीव्रोकोलागि मात्र हो पेटमा पुगेपछि त मल नै बन्ने हो या कुखुरो खाओस वा खसी अथवा अन्य सामन्य खाना नै किन नहोस फरक हुँदैन ।

मल मल नै हो स्वाद पछिको पेटमा पुगेपछिको अवस्था यही हो । मानवको सवभन्दा खर्चिलो र महंगो यही स्वाद र मल बीचको दुरीमा हिडांउने खानामा रहेको छ । यही दुरी पार गर्न कडा परीश्रम तथा मिहनेत गर्दछन् मानव । यदि यसमा नियन्त्रण गरी दिने हो भने धेरै श्रम बचाउन सकिन्छ खाद्यान्न सामग्री पनि शस्तिन्छ । यो त कम्तीमा मल सम्मत बन्छ मान्छे योभन्दा पनि तल छन् जस्तो चुरोट, खैनी र सोम रसबाट के बन्छ ! यस्तो पनि खान्छन् मात्र हैन मरिहत्ते पो गर्छन् त महँगोमा किन्छन् ।

धुँवा र झोलबाट आनन्द पाइन्छ, क्षणिक त्यसकारण मरीमेट्छन् । महंगो भन्ने बित्तिकै आयस्तर राम्रो हुनेलेमात्र त स्वादलाई परिपुर्ति गर्न सक्ने भयो र उसैले धुँवा तथा झोल पनि । अरुले त सामन्य खाना येन केन परिपुर्ति गरिरहेका छन् सामान्य स्वादमा जसबाट मल मात्र बन्ने त हो नि । तर फरक के भयो त अन्तमा महंगो खाना र शस्तो खानाबीच फरक आयो कि आएन ! त्यस खाद्यान्नबाट पाइने पौष्टिक तत्वमा फरक आए पनि अन्य बस्तुमा अन्त्यमा फरक देखिदैन । जस्तो खानाबाट प्राप्त भए पनि अन्त्यमा एकै प्रकारको मलमा नै परिवर्तन हुने भए पछि हामीले झण्डै ६० प्रतिशत अधिक किन खर्चने ! सोही अनुसार परीश्रम पनि किन गर्ने !

यो विषय महत्वपूर्ण र सबैकोलागि सोचनीय बनेको छ । कुन खानाबाट राम्रो पौष्टिक आहार पाइन्छ र सजिलै आफ्नै देशमा उपलव्ध छ जसबाट केही स्वादमा पनि परिवर्तन गर्न सकिन्छ भन्नेतिर अब सोच्नु पर्ने हो कि । जंङ्ग फुड हानिकारक तथा महंगो पनि हुने र बाहिरबाट आयनतित बस्तुमा पनि अनेक रङ्ग र हेर्नमा मात्र राम्रो तर पौष्टिकता तथा गूणमा हेरिएको पाइदैन । आजका बच्चालाई मकै भट्मास मन पर्दैन तर चाउचाउ रुचाउछन् र माग्द छन् । ३० रुपैयाको एक पाकेट चाउचाउले एक जनाको पेट भरिदैन तर त्यतिकै पैसाले मकै किनौं त दुई जनालाई राम्रै खाजा हुन्छ अन्त्यमा पौष्टिकता र आडिलो मकै नै हुन्छ । तर मकैलाई चपाउनु पर्छ जसले दाँतलाई पनि मजबुदी बनाउँछ तर चाउचाउबाट दाँतलाई कुनै अभ्यास नै हुदैन, पिउने मात्र हो ।

हामीले पनि बालकलाई अभ्यास गराएनौ जुन खाना हाम्रै डाडाँ काडाँमै पाइन्छ । कुनै फैक्ट्ररी पनि नचाहिने हरेकको घरमा उपलव्ध हुन सक्छ । हामी अल्छी गर्छौ मकै भुट्न । सजिलो र महंगो हाम्रै कारण बच्चालाई त्यही रोजाइमा पारेपछि उसलाई मात्र दोष दिन मिल्ला र ?

अर्थात स्वार्थकालागि अधिक परिश्रम तथा स्वादका लागि महंगा र आफ्ना देशमा उपलब्ध हुन नसक्ने खानालाई रोजाइमा एकातिर पारिरहेका छौं भने अर्को तर्फ वास्तविक स्वाद र पौष्टिकतालाई परिपर्तन गराएर सजिलो र कुपोषणतिर लगिरहेका छौं । यसलाई हामीले अब त सोच्ने बेला आयो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *