Skip to content

बोल्यो भने ऊ गिरफ्तार हुन्छ


कठै! मेरो देशको न्यायलयमा भ्रष्टचार हुन्छ ।
अँह बोल्नु हुन्न बोल्यो भने ऊ गिरफ्तार हुन्छ ।

धेरै मिठा देखेका थ्यौं गणतन्त्र पछिका सपना
शिक्षा स्वास्थ्य न्यायमा समान अधिकार हुन्छ ।

व्यवस्थापिका कार्यपालिका न्यायपालिका हेर?
सबै बिक्रिमा छन् पैसामा यसको व्यापार हुन्छ ।

निर्धक्क बोल्यो जनताको आवाज डा.केसीले
ऐक्यबद्धता छ हाम्रो एकै बोली र विचार हुन्छ ।

जनताको आँधी रोक्न सक्छौ? रोक सरकार
जन कार्वाही छिट्टै तिमीहरुलाई उपहार हुन्छ ।

उमाकुण्ड-६,रामेछाप
हाल:संयुक्त अरब इमिरेट्स

2 thoughts on “बोल्यो भने ऊ गिरफ्तार हुन्छ”

  1. काफियामा अलिक मिलान हुनु
    काफियामा अलिक मिलान हुनु पर्ने हैन र मित्र ।

    1. सुझावको लागि धन्यवाद सर !
      ..तर काफियामा के समस्या देखियो त्यो पनि उल्लेख गर्नु भएको भए सुधार गर्नु सजिलो हुने थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *