Skip to content

तिमीले भनेका सारा देव छोएर

  • by


तिमीले भनेका सारा देव छोएर
म कहाँ किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैंलाई भाकेर

तारालाई साक्षी राखेर वाचा नै कहिले खाएथें?
पानीमा औंला चोपेर सन्धि नै कहिले गरेथें?
अनि वाध्यताको के कुरा? पाप धर्मको के कुरा?
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरे थें

रातभर तिमी रोइदिंदा रोएथें म केही बेर
केही बेर तिमी हाँसिदिंदा हाँसेथें म धेरै बेर
अनि पौरुषताको के कुरा? चुरा छाटेको के कुरा?
सुखमा हाँस भन्छौ भने दुखमा कहिले रोएथें?

शब्द- विश्वम्भर प्याकुरेल
स्वर – नारायण गोपाल
संगीत – सम्भुजित बासकोटा/शुभबहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *