Skip to content

राज भालुको छ

गजल
थाहा पाउँदै छु, जमाना चालुको छ
शिँहहरू ढले, यहाँ राज भालुको छ

डाँडा बसी भन्थे कालु, भालु आयो
कालुहरू रुख चढे, मोज लालुको छ

हात्ती आयो, हात्ती आयो भरे फुस्स
पहुँच सँधै ढुकुटीमा ठुलाठालुको छ

राम्रा होइन, हाम्रा चाहिने, मुलुकमा
सफेदको होइन माग सिपालुको छ
*****
जिरी

2 thoughts on “राज भालुको छ”

  1. जवाफ
    पहिला आफ्नो एकाउन्ट आइडी बनाउनुहोस। र आफैंले आफ्नो रचना प्रकाशन गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *