Skip to content

मेरो प्यारो मनसूनलाई !


मेरो प्यारो मनसूनलाई !
*******************

झर झर झरी !
तप तप पानि !
छप् छप् पानि !

बन जंगल पहरा पर्वत ,
एक हूल केटाकेटि ,
खेत को किसान ,
एक बथान चराहरु ,
सवै भिजाउँदै प्यास हरु !
रमाउदै आँखा हरु !
मनसुन मुस्कानमा !

नरम धर्ति , शितल पवन , माटो को सुवास !
घरको बलेसी , गोठको छानो ,
गैरी गाउँ को धारो ,
त्यो खहरे ! खोल्छा !
मानौ सृस्टी , मनसुन संगै ,
निथ्रुक्कै भै रहेछ
लडिबुडी मा रमाई रहेछ !

मेरो गाउँ को प्यारो मनसुन !!!
यो सव म सहन सक्तिन !
तिम्रो सम्झना ले तड्पाई रहेछ !
तिम्रो आलिंगन को कल्पनाले
उत्तेजित बनाई रहेछ !
अब,
तिमीसंगै भिज्न आउनेछु म !
संग संगै हिलोमा खेल्नेछु म !
संगसंगै गित गाउने छु म !
अवश्य आउनेछु म !

** ** ** ** **

2 thoughts on “मेरो प्यारो मनसूनलाई !”

  1. Ramro lagyo Ani yesto lagyo
    Ramro lagyo Ani yesto lagyo malaai nai bhaneko ho….

    मेरो गाउँ को प्यारो मनसुन !!!
    यो सव म सहन सक्तिन !
    तिम्रो सम्झना ले तड्पाई रहेछ !
    तिम्रो आलिंगन को कल्पनाले
    उत्तेजित बनाई रहेछ !
    अब,
    तिमीसंगै भिज्न आउनेछु म !
    संग संगै हिलोमा खेल्नेछु म !
    संगसंगै गित गाउने छु म !
    अवश्य आउनेछु म !

    Manoj kafle “mansun”
    kuwait

Leave a Reply

Your email address will not be published. Required fields are marked *