देख्नुभए “ईश्वर!” मलाई, देखाईदिनुहोला
नसके नि एउटा पत्र लेखाईदिनुहोला
भगवान नि भन्छन सबले बहुरुपी छ रे
दुईचारजना मिली बाटो छेकाईदिनुहोला
भन्या सुन्छु कही कतै हुन्छ अरे यतै
पक्का गर्न दैलो मेरो टेकाईदिनुहोला
दु:ख पिडा अशान्तिमा टुलुटुलु हेर्ने
निर्दयिलाई हेर्ने मन्छ भेटाईदिनुहोला
पाउनु भा’न चारैतिर भौतारिदा भने
उस्को नाउको झुटो श्रद्दा मेटाईदिनुहोला
निकै स्तरीय एव्म समसामयि क
निकै स्तरीय एव्म समसामयि क गजल हो यो ।
अतिथी मित्र प्रतिकृयाको लागि
अतिथी मित्र प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद