पानी बिनाको फूल जस्तै ओइलाई बसेको छु।
तिम्रै माया पाईन्छ भनी पर्खी बसेको छु ।।
तिम्रो लागि मैले सारा संसार धाएको छु।
तिमीलाई भेटन पाउछु भन्दै ओराली धाएको छु।।
जति टाढा भए पनि म तिमीलाई भेट्ने छु।
सपनीमा भए पनि मेरैसामु देखने छु।।
तिम्रो लागि जे भए पनि भोग्न म तयार छु।
तिमीलाई नदेख्दा सारै छट्पटिरहेको छु।।

मधुजी,
रचना संप्रेशणको लागि
मधुजी,
रचना संप्रेशणको लागि धन्यबाद छ।
तर, कृपया रचनाहरू छपाउनुभन्दा पहिले आफैंले दोहोर्याएर हेर्नुहोला। ह्रस्व-दीर्घको अनि भाषिक शुद्धतामा बिचार गर्नुहोस्। माथिको रचनामा म आफैंले सम्पादन गरेर धेरै सच्याएको छु। एक चोटि आफैंले हेर्यो भने पनि सच्याउन सकिने गल्तीहरू प्रशस्त थिए।
अनि सम्बन्धित बिधाको अलिकति अध्ययन गरेर मात्रै लेख सार्वजनिक गर्नु राम्रो कि! यो माथिको रचना कसैले पनि गजल भन्दैन; त्यसैले मैले सच्याएँ पनि। सल्लाह आवश्यक भएमा info@majheri.com मा खबर गर्नुहोस्।
मझेरीमा रचना प्रकाशन गर्दा ध्यान दिनुपर्ने कुराहरू:
https://www.majheri.com/node/2448