Skip to content

सायद जिन्दगीको परिभाषा

  • by


सायद जिन्दगीको परिभाषा आज म बुझ्दैछु
बर्षाएर अतीतलाई आफै माथि रुझ्दैछु

मेरो सामू ठूला ठूला चट्टानहरु खडाथे
फोडिन ती मैले र त यस्तरी म चुक्दैछु

एउटा थ्यो जीन्दगी साँच्चै मैले मनपराको
उस्कै घृणा पाएँ र त भित्रभित्रै दुख्दैछु

उज्यालो त मेरो भागमा परेकै थेन सायद
निमिट्यान्न पार्दै प्रकाश अध्याँरोमा लुक्दैछु

होश थियो जोश थियो उर्लेकोथें खहरे झैं
बग्दा बग्दै उमेरसंगै सुस्त सुस्त सुक्दैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *