Skip to content


ए मेरी आमा कता छौ तिमी
कहाँ छौ भनन
आमाको जस्तो पवित्र माया
कहाँ पाउछुँ भनन
पाउँदिन भने फर्केर आउ
पर्खेर बस्छु म
आउदिनौ भने जहाँ छौ तिमी
त्यही नै आउँछु म
म रुँदा रुन्थ्यौ, म हाँस्दा हाँस्थ्यौ
रमाउँदा रमाउँथ्यौ
देउराली पुग्दा भाकेर देवता
तिमी पाती चढाउँथ्यौ
घाँसको भारी पछाडि हुन्थ्यो
मचाहिँ अगाडि
दुवैलाई बोक्दा कति गारो हुन्थ्यो
म कस्तो अनाडी
भोकाइ रुन्थें भएको ख्वाउँथ्यौ
आफू भोकै बसेर
बिरामी हुन्थें रातभरि कुर्थ्यौं
निदाउन बिर्सेर
अरूको लाख आमाको काख
सुनेकै थिएँ नि
सजिलै पाउँदा त्यो चोखो माया
बुझिन किन नि

– सानेपा, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *