Skip to content

भानुको सम्झनामा


भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।।

रम्घाको शीत छायाँले एउटा फुल फुलाएछ ।
हृदयपुरीको माझ एउटा नाम पलाएछ ।
खोज्दछन साहित्यपे्रमी भानुभक्त नाम कवि ।
कृतिको रचनालेनै प्रष्टिन्छ उनको छवि ।।

भानुभक्त कवि जन्मे घाँसीको प्रेरणामा ।
जन्मिउन भानुजस्तै कवि नेपाली काखमा ।
युग युग बाँचिरहुन भानु नेपाली माझमा ।
श्रद्धाको दुइ थोपा भानुको सम्झनामा ।।

२०५५ असार २७ नगरकोट, भक्तपुर

http://nepalchinanews.com/articles.php?cid=634

Leave a Reply

Your email address will not be published. Required fields are marked *