मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मैथिली लोकगाथा र नेपाल भूमि
kbs — Sat, 09/03/2011 - 13:33
सम्पूर्ण मिथिलाञ्चलमै नेपालको मिथिलाञ्चलको मैथिली लोकगाथासँग सम्बन्धित भाग बढी भएको पाइन्छ । यसको प्रमुख कारण यस क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक घटनाचक्रहरूसँग सम्बद्ध हुनु नै हो । अनेकौँ मैथिली लोकगाथाको सम्बन्ध नेपालसँग रहेको पाइन्छ । विशेषगरी पूर्वी तराईको भाग यी गाथाहरूको क्षेत्र रहेको छ । यसमा पनि अधिकांशको सम्बन्ध मोरङ, सप्तरी र सिरहा जिल्लासँग रहेको पाइन्छ । लोकगाथाको प्रारम्भिक भाग 'सुमिरन'मा 'उत्तरमे नेपाल पुजलियै दक्षिण गङ्गाधार' वाक्यले स्पष्ट गर्छ कि मैथिली लोकगाथामा नेपाली भूभागको सम्बन्ध महत्त्वपूर्ण रहेको छ । (मैथिली लोकसाहित्यिक स्वरूप लेखक-डा.रेवतीरमण लाल)
सुमिरन अथवा बन्हौन यी गाथाहरूमा त्यो महत्त्व राख्दछ, जुन महाकाव्यमा मङ्गलाचरण अथवा नाटकमा नाङ्दीगानको छ ।
अमरसिंह लोकगाथामा मोरङको चर्चा यसरी गरिएको छ -
'तनिये अशीषबा मैया कमला दैये देवैना सरती जनु मोरङके चमराके सधबइ ना' त्यस्तै राजाधनपालको लोकगाथामा छ-
'खने खने जाय राजाजी सिरी मोरङ राज
खने खने जाय राजाजी मोगलान सन राज'
मिथिलाञ्चलको उत्तरभागमा भीमलाई पनि दिक्पालको रूपमा पूजा गरिन्छ । छैठौँ-सातौँ शताब्दीतिर राजा सलहेसको आश्रयदाताको रूपमा भीमलाई मानिएको छ र अहिले पनि भीमलाई लोकदेवताको रूपमा पूजा गरिन्छ । सिन्धुली जिल्लाको थारु र दनुवारका लोकगीतहरूमा भीमको पर्याप्त चर्चा पाइन्छ । एउटा लोक गीतमा यस्तो छ-
'पाँचौँ भीम दुवो वीर
चलते पृथवी नहिँ थीर
आगू आगू भीम साइन पाछू भैरो वीर
भीम साइन भीम साइन बोले
नागरिक लोक'
(मैथिली लोकसाहित्यिक स्वरूप-डा.रेवतीरमण लाल) पाँच पाण्डव भीमसेन र सहलेस गाथाको पकडियाको राजा भीमसेनलाई एउटै मानिएको छ । (डा. प्रफुल्लकुमार सिंह मौन-'मैथिलीलोकगाथाक नेपालीय सन्दर्भ)
यस्तै, लोकदेवताको रूपमा पूजित कारिख महाराज मिथिला क्षेत्रमा लोकदेवताको साथै लोकगाथाको रूपमा ख्याति छ । जनकपुर अञ्चलको महोत्तरी जिल्लास्थित पडौल स्थानलाई कारिख महाराजको स्थान मानिएको छ र कारिख महाराजको लोकगाथा गाइने गरिन्छ । कारिख महाराजको मीरा सुलतानसँग मित्रता भएको कारणले कारिखस्थानमा मीराको पूजा गर्ने परम्परा रहिआएको छ । यो धार्मिक समन्वयको ज्वलन्त उदाहरण पनि हो ।
नवौँ एवं दसौँ शताब्दीतिर योगीगाथा गायकहरूको एउटा सम्प्रदाय नै निर्माण भएको थियो तिनीहरूले विभिन्न गाथाहरू गाउँदै उत्तरदेखि दक्षिणसम्म विशाल क्षेत्रमा लोकभाषाको प्रचार गरे । यी योगीहरू नाथ सम्प्रदायका थिए र गोपीचन्द, भरथरी आदिका लोकगाथाहरूको प्रचार यिनीहरूद्वारा नै भएको हो । डा.श्याम परमार आफ्नो पुस्तक 'मालवीलोक साहित्यमा लेख्नुहुन्छ-काबुलदेखि कामरूपसम्म, काठमाडौँदेखि दक्षिणसम्म प्रायः कुनै प्रदेश यिनीहरूको प्रभावबाट वञ्चित भएको होला । यिनीहरूको नामसँगसँगै एउटा विचित्र परम्परा सदृश संलग्न छन्, जसमा गोपीचन्द, भरथरी, वयनामती, मछिन्द्र, हाडिया, जालन्धर चौरङ्गी अथवा सैकडौँ, कनफटा योगीहरूका जीवन्त चित्र भरेका छन्, जसको आधारमा विभिन्न गान र गाथाहरूको रचना भएको थियो । अहिले पनि मिथिलाञ्चलमा पहेँलो वस्त्रधारी नाथ सम्प्रदायका योगीहरू सारङ्गी रेट्दै गोपीचन्द्र एवं भरथरीका लोकगाथाहरू गाउँदै हिँडेको देख्न सकिन्छ ।
नेपाली भू-भागसँग सम्बन्धित सन्दर्भ भएका केही लोकगाथाहरूको चर्चा यहाँ गरिएको छ ।
सहलेस गाथा-मैथिली लोकगाथामा सहलेसको प्रायः सम्पूर्ण भागसँग सम्बन्धित छ । केही अंश सिमरिया (गङ्गा) सँग सम्बन्धित मात्र भारतमा पर्दछ तर अन्य सबै भागहरू नेपालको विशेषगरी सिराहा जिल्लासँग सम्बन्धित छन् र यस लोकगाथासँग सम्बन्धित ननमहरी स्थान धनुषा जिल्लाको उत्तरमा पर्दछ । यस गाथाका अन्य स्थानहरू महिसौथा (सहलेसको जन्मस्थान), माणिकदह (सलहेस नुहाउने ठाउँ), पकडिया गढ (सलहेसले चौकीदारी गरेको दरबार), सलहेस फूलबारी, मालिन मन्दिर, पतारीपोखरी, कमलदह आदि सबै सिराहा जिल्लामा पर्दछन् ।
दुलरादयाल लोकगाथा ः
दुलरादयालका गुरु मङ्गल कमलाक्षेत्रका थिए । बिहे गर्न जाँदा दुलरादयाल आशीर्वाद लिन कमलानिर गुरुकहाँ पुगेका थिए र जब उनका जन्तीलाई बहुरा गोढिनले बाख्रा बनाइदिइन् दुलारादयाल आफ्ना गुरुकहाँ पुगी तन्त्रमन्त्र सिक्ने आदेश प्राप्त गरे । तन्त्रविद्या प्राप्त गरी गुरुकहाँबाट कमलानिर आउँदा बहुरागोढिनले आफ्नो तन्त्र विद्याले कमलाको जललाई सुकाइ दिएकी थिइन् भनिन्छ । यो कमला नदीको क्षेत्र नेपालमा नै पर्दछ ।
कृष्णराम गोप ः
कृष्णराम गोप यादव जातिसँग सम्बन्धित लोकगाथा हो । यस गाथाको स्थान सप्तरी जिल्लाको महुलीबजारदेखि उत्तरमा पर्दछ । उनका भक्तहरू गीतका माध्यमबाट उनको जीवन चरित्र गाउँछन् । कृष्णराम घोसिन यादवहरूका साथै अन्य जातिमा पनि देवताको रूपमा पूजिने व्यक्तित्व हुन् । उनको प्रसिद्ध स्थान देउरीवथानमा रहेको छ । उनी सलहेसका समकालीन भएको कुरा इतिहासविद् प्रो. हरिकान्तलाल बताउनुहुन्छ । प्रत्येक वर्ष कृष्णारामलाई खीर चढाएर 'जनार' (पूजा) गरिने परम्परा छ । सप्तरी र सुनसरी दुवै जिल्लामा यादवहरू कृष्णारामलाई आफ्नो कुलदेवता मान्दछन् ।
रइयारणपाल -
रइयारणपालको अन्यायी र अत्याचारीलाई सर्वनाश गर्ने प्रमुख काम थियो तर पछि उनको नै हत्या गरियो । रइया रणपालकी प्रेयसी गाङ्गो गोढिन थिइन् । गाङ्गो निषाद जातकी भएकी कारणले पछि रइयारणपाल निषाद जातका देवताको रूपमा पूजित भए । सप्तरीको महदैयामा उनको गढको अवशेष प्राप्त भएको छ ।
लोकगाथा दीनाभद्री -
लोकगाथा दीनाभद्रीमा दीना र भद्री नायकहरू छन् । उनीहरू मुसहर जातका थिए र उनीहरूले अत्याचारी सामन्त विरुद्ध सङ्घर्ष गरेका थिए । सामन्त जोरावरसिंह र कनकसिंह विरुद्ध दीना र भद्रीद्वारा भएको सङ्घर्षको कथा यस लोकगाथामा छ । शिकारको क्रममा उनीहरूको मृत्यु भएको हुन्छ । दीनाभद्रीको गाउँ सप्तरी जिल्लाको जोगिया जाँजरमा भएको बताइन्छ । यो गाउँ राजविराजबाट ५ कि.मि.उत्तर पश्चिममा पर्छ । दीनाभद्री मुसहर जातमा कुलदेवताको रूपमा पनि पूजिन्छन् । मिथिलाञ्चलमा अत्यन्त चर्चित गाथाका रूपमा गाइन्छ ।
अमरसिंह लोकगाथा - यो गाथा मोरङ जिल्लासँग सम्बद्ध छ र अमरसिंह मलाह जातका देवताको रूपमा पूजिन्छन् । अमरसिंहले मोरङको बदिला चमारद्वारा नदीकी देवी कमलासँग विवाह गर्न उनको बाटो अवरुद्ध गरेपछि मोरङमाथि आक्रमण गरी बदिला चमारको हत्या गरिदिएका थिए । कमलालाई उद्धार गरेका कारणले अमरसिंह मलाहजातमा पूजित भए । यहाँ यो स्मरणयोग्य के छ भने मिथिला अञ्चलमा प्रवाहित नदीकी देवी कमला अनेकौँ मैथिली लोक गाथाहरूमा देवीको रूपमा चर्चित छिन् । लोकगाथा नैका वनिजारा -नैका बनिजारा नामले नै थाहा हु्न्छ कि यो एउटा व्यापारी थियो । यो अन्यत्रको भए पनि यसको सम्बन्ध नेपालसँग व्यापारिक थियो । नेपालबाट चामल, तिसी (आलस) किनेर बिक्री भारतमा गथ्र्यो । यो नेपालबाट ऊन, सुन, नून, जडीबूटी, गन्धक, तेजपात र शीलाजित पनि लगेर बिक्री गर्ने गरेको कुरा ज्ञात हु्न्छ ।
लोकगाथा लवहरि कुशहरिः
सीताको वनवासकालमा लव र कुशको जन्म भएको थियो । लव र कुश रामकथा गाउँदै, घुम्दै गरेको कारण यो एउटा जात अथवा समूहको रूपमा प्रख्यात भएको छ । यस समूहको नाउ कुशीलव पनि भएको हो । यसको प्रसिद्धि गाथा गायकको रूपमा पनि प्राचीनकालदेखि रहिआएको छ । मैथिलीमा यस राम सीतासँग सम्बन्धित लोक गाथालाई लवहरि कुशहरि भन्ने गरिन्छ । रामायणअनुसार लव र कुशको जन्म वाल्मीकि आश्रममा भएको हो र यो स्थान नेपालमै पर्दछ । यो अत्यन्त प्रसिद्ध धार्मिक स्थल हो ।
जयसिंह लोकगाथा
लोकनायक जयसिंह त्यस कीर्तिपुरुषको नाम हो जो आफनो अद्भूत पराक्रमले कमलाको बन्दीको रूपमा रहेको आफ्नो पितालाई मुक्त गरी मलाह जातमा पूज्य भएका छन् । जयसिंह मलाह जातका कुलदेवताको रूपमा पनि पूजिन्छन् । यो गाथा वीरता र पराक्रमले भरिएको छ र यसको क्षेत्र कमला नदीको आसपास रहेको छ ।
यी लोकगाथाहरूको चर्चाले के देखाउँछ भने नेपालको मिथिलाञ्चल भूभाग मैथिली लोकगाथाका लागि विस्तृत एवं उर्वर क्षेत्र रहेको छ । यसमा अनेक लोकगाथाका नायक भएका छन् भने उनीहरूसँग सम्बन्धित अनेक घटना र कथा विकास यसै क्षेत्रमा भएको छ ।
जनकपुर ११ धनुषा
मधुपर्क २०६८ साउन
- 1667 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 16 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 11 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- अजम्बरी माया लाऊँ
- हर रात सपनीमा
- पुतली
- चिता बनाई दिनु
- आमा
- केही थिएन आउँदा
- गुडबाई मेरी
- बाबुनानीहरू सपार्ने काइदा
- आशै आश को जिन्दगानी
- भूतलाई झटारो
- हो म हुतिहारा भएरै बाँच्न चाहन्छु
- परम्परादेखि चल्तीमा छ कौडी
- तिम्रो आँखाको सागरमा
- आह्वान
- रामजनमको खास्टो बेपार
- फेर्नुपर्ने संस्कार छ आफ्नो
- सारा खुशी चाहनाहरू
- ‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
- गजल (होली विशेष )
- कलह र कलङ्क नासिनी भगवती कलङ्की माता
- उकाली ओरालीहरुमा
- मुक्तक
- आमाको वेदना
- मेरो जन्मदिन
- मातृभूमि
- जुवेदा खातुन
- बाध्यताले पाइँलाहरु
- सपना हजार हुन्छ
- चिच्याउने नै यँहा हित
- चिकित्सकहरुको युद्ध
Post new comment