Skip to content


आँशु र वर्षा
वर्षा र आँशु
के दुवै उस्तै हुन् ?

विचार गर्छु-
वर्षाले धर्तीको मैलो आदि पखाल्छ
आँशुले पनि त मनको पीडा हल्का पार्छ
कालो बादलमा मात्र होइन,
कहिलेकाहीँ घाममा घामपानी पर्छ
त्यस्तै, पीडामा मात्रै होइन,
खुशीमा पनि हर्ष आँशु झर्ने गर्छ
पानी परेन भने खडेरी पर्छ, धर्ती साह्रो हुन्छ
आँशु झरेन भने मन निष्ठुरी हुन्छ, मान्छे निर्दयी बन्छ
आँशु झरे पो मान्छेमा मानवता रहेछ भन्ने थाहा लाग्छ
पानी परे पो त धर्ती उर्बर हुन्छ, हरियाली जाग्छ
आँशु, मानव स्वास्थ्यका लागि नझरी हुन्न
त्यसरी नै, धर्ती स्वच्छ रहन वर्षा नबर्शी हुन्न

त्यसैले,
आँशु र वर्षा
अनि
वर्षा र आँशु
दुवै उस्तै लाग्छन
मलाई त उस्तै उस्तै लाग्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *