Skip to content

चुहिने घर खरको छानो

  • by


चुहिने घर खरको छानो खाने गास छैन आज
बर्खा लाग्यो आङ ढाक्ने बस्ने बास छैन आज ।

कैले आउछन् ठुलेका बा अनि मीठो खाउँला भन्दै
पर्खिबस्दा खोला बढेँ आउने आश छैन आज ।

आधी पेटमा भोकभोकै काम गरी मर्दा आखिर
मलाई कठैँ भन्ने यौटा जनमास छैन आज ।

आलो घाउमा नुन हाल्छ घरिघरी साहुले यहाँ
पाखो बारि भैसी लग्यो रुँदा सास छैन आज ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर – १३, गजलकुन्ज,
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *