सायद तिम्रो बाटोमा मेरो पाइला नहोला
सायद तिम्रो आँखामा सपना मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुनेछौ
कहिलेकाहीं रुनेछौ
कति दिन बिते कति रात हराए तर तिमी आइनौ
अन्धकार तिम्रो जीवनमा ज्योति मेरो नहोला
उदास तिम्रो जीवनमा मुस्कान मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुनेछौ
कहिलेकाहीं रुनेछौ
कति सपनाहरू यहाँ देखें मैले तर तिमी आइनौ
चंचल तिम्रो जीवनमा यौवन मेरो नहोला
सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला
तर मेरो जीवनमा तिमी सधैं हुनेछौ
कहिलेकाहीं रुनेछौ
स्वर – राजु लामा
शब्द, संगीत – मंगोलियन हार्ट
