Skip to content


कतै खोलाको किनारमा देखेँ
कतै पानीको ईनारमा देखेँ
कतै माछा मारेको देखेँ
त कतै पानी भरेको देखेँ
देखेँ कतै तराईको तातोमा देखेँ
कतै हिमालको चिसोमा देखेँ
कतै कालो शरीर देखेँ
कतै रातो मुहार देखेँ
देखिन्छन् यी जताततै

यी हुन् नेपालका भबिस्य बनाउने
भोलिका देशका कर्णधार
यी बलबालिकाहरू
अशिक्षाको कालो बर्को आडेर
खोजिरहेछन् यी आफ्नै भबिश्यहरू
कतै फोहोरमा खोज्छन्
त कतै ओहोर दोहोरमा खोज्छन्
यी हाम्रा बालबालिकाहरू

पेटभरि खाना र आङभरि नानाको आशमा
शहर पसेका यी नानीहरूका लागी
न त कसैले पाठसाला बनायो
न त कसैले भोजनशाला नै बनाई दियो
शहर त यस्तै हो, हो त; शहर यस्तै ! यस्तै !!
यो त अनकन्टार छ , निस्पट्ट अन्धकार छ !
यो स्वार्थी छ अनि यो निर्दयी पनि छ
शहरमा केही पनि छैन , शहरमा सबैथोक छ
तर शहरमा भएर पनि खै…………….।
यो शहरमा खै के छ ?
मात्र यहाँ त; खातेहरूको बस्ती छ !!
मात्र ! खातेहरुको बस्ति छ ! !

२०६८।४।२७ ईटहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *