Skip to content

सभासदै चाहियो


खेतबारी बाँझोराखि गिटी बालुवा रोपे
संबिधान बनाएनन् म्यादै मात्र थपे
कुलो पुरे, बाँध फोरे, पैरख धेरै गरे
फेरि पनि नेताजीले नयाँ दौरा फेरे

लुटिल्याऊ भुटी खाऊ, उल्फाका हो धन
बिकासको बजेट जति कहाँ जान्छ भन ?
भोलि फेरि बर्खा लग्दा झरी बादल् पर्दा
संविधान नबन्नेभो त्यै पापीले गर्दा

कालो कानुन् मिल्काएर सेतो ल्याउने निहुँ
रुन्चे छारो खान खोज्छ, सधैं भरी घिऊ
सबैभए टाठाबाठा एकै ड्याङ्का मुला
के बनाउँथे संबिधान; गर्छन् ठुला कुरा

कतिसम्म पढेकाछन् ? भर्खर बाह्रखरी !
छ’सौ एकमा कतिहोलान् ? त्यस्ता कठैबरी !
कति खायौ भत्ता रकम् ? अझै कति खाने?
मन्त्री बन्ने धोको छ ? कि; बिदेश घुम्न जाने ?

फर्कि आउँदा आफ्नै गाउँमा साथीभाइ रूष्ट
संबिधान बनाएनौ आफैँ भयौ दुष्ट,
जति बड्छ भ्रष्टाचार उति हुने फाइदा
न्याय कानुन् नबन्दा नै हुँदोरैछ काइदा !

कालो धन्दा गर्नेले चैँ कति सम्मान् पनि पाए
कालो झण्डा बोक्तै मात्र किन पिटाइ खाए ?
यस्तो राम्रो सुब्यबस्था अरुदेशमा काँ’छ ?
कहीँ नभाको मुन्द्रेकानुन् हाम्रै देशमा आ’छ !

सभासद्को क्रियाकलाप हेरिसक्यौँ यहीँ !
बिहानदेखि सुरापानमा मस्त हुन्छन् कोही
रातो पास्पोर्ट बिक्रीगर्दा पैसा कति पाइयो ?
लौ न अब मलाई पनि सभासदै चाहियो।।

२०६८|२|२४
इटहरी – ५ सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *