Skip to content

आजको मान्छे


पैतला मुनिको सानो भूगोल टेकेर
अनन्त यात्रा पार गर्छ मान्छे
सिंगो आकाश बोकेर
मन पिरोलिदै
एउटा सानो जिजीबिषा पालेक छ मान्छेले
यात्राले साँझ फलाएको बेला
रात निदाइदिन्छ, यात्राको खातिर
दिन हिडाइदिन्छ, लक्षको खातिर

क्षितिज नउदाउँदै, ऊ आफैँ उदाइदिन्छ
मध्यान्न देख्न नपाउँदै ऊ तातिइ दिन्छ
बिना बादल थोपा थोपा बर्षिइदिन्छ
मान्छे; यहाँ रोदनमा हाँसो,
अनि हाँसोमा मुर्छा पाउँछ

परिवारको बिचमा पनि एक्लो छ मान्छे
ऊ रित्तिएको छ; थिच्चिएको छ
मान्छे हुनको परिभाषाले गर्दा
ऊ निर्दयी छ, स्वर्थी छ,
भलो चाहँदैन दुनियाको
त्यसैले ऊ एक्लो छ
अनि एक्लिरहने छ
एक्लिरहने छ।

२०६१।१०।२ तुम्लिङ्टार

Leave a Reply

Your email address will not be published. Required fields are marked *