Skip to content


Janu र Kan6uलाई साथ दिने त्यो रात प्यारो थियो
तिमीसँग बिताएका हरेक पल-पलको साथ प्यारो थियो

मन्द मुस्कान थियो तिम्रो, स्पर्शले लालाहित पार्थे मैले
त्यही मुस्कानसँग गरिएका मिठा मिठा बात प्यारो थियो

तिमी र म एक अर्कामा, वर्षाको झरी जस्तै झरिरहँदा
छल्किएको तिम्रो जवानीमा घुलिदाको मात प्यारो थियो

मदहोस तिम्रो जवानीलाई, मेरो अंगालोले बाँधिरहँदा
त्यो एकान्तलाई निचोरेर फेरिदाको शास प्यारो थियो

तिम्रो त्यो अदरमा मेरा ओठले सौहार्दपूर्ण माया गर्दा खेरी
तिमी मभित्र भित्रै हराउँदा मिठो अनुभूतिको आभास प्यारो थियो

भोलिपल्ट गयौ तिमी शुन्यतामा मलाई एक्लै छाडि
फेरि पनि त्यही पलमा तिमीलाई पाउछु भन्ने आश प्यारो थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *