Skip to content


मेरो बिहानीका
स्वर्णिम सपनाहरुलाई
तिम्रो पुष्पाञ्जलि भित्र पाउदा,
मेरो गोधूलीका अनगन्ति साँझहरुलाई
तिम्रो शुभकामनाले सार्थक बनाउदा,
हरेक पलहरुमा कोरिएको सिउँदो माथि
तिमीले सिंगै इन्द्रेणी सजाइदिदा,
भाव विभोर भै
चुपचाप मुस्कुराउन मन लाग्छ।

आफूलाई नै बिर्सेर जिईरहेछु तिम्रोलागि
आफूलाई नै रित्याएर भरिदिन्छु तिमीलाई
तैपनि तुच्छ लाग्छन यि मेरा भावनाहरु
तिम्रो त्यो आत्मियता र उत्सर्ग सामु
त्यो साथ अनि तिम्रो जिन्दगी सामु
जहाँ सधै समर्पित भै बाँचिरहू जस्तो लाग्छ

भाखा बिनै बुझिदिन्छौ हर चाह मेरा
आँखाले नै बोलि दिन्छौ हर शब्द मेरा
नसक्छु रोक्न मेरो रहरलाई
नचाहान्छु थाम्न तिम्रो प्रवाहलाई
त्यसैले त,
सोध्न मनलाग्छ पृय!
के तिमीलाई काफी छ
मेरो प्रस्फुटित मुस्कुराहट
अनि, विश्वास सहितको अटल समर्पन!!?

3 thoughts on “प्रश्न”

  1. साह्रै मीठो कविता!
    मुस्कुराहट

    साह्रै मीठो कविता!
    मुस्कुराहट र समर्पणलाई छुट्टाछुट्टै व्यक्त गरेर अन्त्यमा उपसंहार स्वरुप दुवैलाई जोड्नुभयो। साह्रै राम्रो संयोजन!

  2. आश्मा ,तपाइका हरेक कबिता होस्
    आश्मा ,तपाइका हरेक कबिता होस् व गजल, मिठो भावना का तरँग छर्छन् शब्द हरु। तपाईंका कबिता भित्र त्यो एथार्थ जिन्दगी भेट्छु ,जन्हा द्विबिधा हरु नाप तौल् गर्छन् अनी फेरी खुशी फेरी समर्पन र त्याग कै । हुन या न हुन सक्छ यो मेरो बुझाई हो। पढिरहन पाइयोस फेरि पनि ।
    सुफी

Leave a Reply

Your email address will not be published. Required fields are marked *