बिरही माया अधुरो रह्यो बिर्सनु कसरी
तड्पाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी
टप्किन खोज्छन आँसुका थोपा गोधुली साँझमा
डुबाई गयौ यो जिन्दगानी सागर माझमा
किनारा छैन साहरा छैन मन थामुँ कसरी
तड्पाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी
नदी झैं बग्ने त्यो तिम्रो झरना झैं झरेछ
सपना आउने आँखामा मेरो पर्दा नै खसेछ
गोरेटो छैन उज्यालो छैन मै हिंडुँ कसरी
तड्पाइदिन्छ जलाइदिन्छ याद आउँछ बेसरी
शब्द – दीर्घसिंह बम
स्वर – नारायण गोपाल
संगीत – भुपेन्द्र रायमाझी
चलचित्र – चोट
