Skip to content


केटा — शान्ति ! शान्ति !! ए……शान्ति !!!
यो शान्ति खोज्न म कहाँ जाउँ ?
शान्ति नै हरायो,
शहरमा छ कि कतै बसेको
टुहुरोसरी यो

केटी— छैन…..छैन…..शहरमा छैन
न त छ यो गाऊँमा
छ कतै भने देखाउ राजै
बस्छ यो कुन ठाउँमा ?

केटा— हिमालमा बस्छ, त्यो सधैँ भरी
एकान्त ठाउँमा,
छ कि त कतै, टाकुरा पहाड;
भिरका थाप्लामा

केटी — छैन…..छैन…..कतै नि छैन
शहर, गाऊँ, कुना र काप्चामा

केटा— हिमाल पहाड, हरिया वन पारिला मैदान
गएर हेरौँ छ कतै भने;यसको निसान
केटी — छैन….. छैन…..कतै नि छैन
यो कतै पाइदैन

केटा — ऋषिमुनिको यो तपोभूमि
शान्तिको थलो हो

केटी — हैन…..हैन…..यो तपोभूमि
कसरी भनु म
बारुदगोला कोरल्ने देशलाई
कसरी भनु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *