Skip to content


“केभएको प्राणनाथ ?” माता पार्वतीले सोध्नुभो, “कैलाशमा किन हल्लीखल्ली !
“हल्लाइदा कपीदेखि डालीका जामुनाहरू । ” आराध्यदेव पशुपतिनाथले भन्नुभो, “शब्द भो पानीमा खस्दा बुलुबुलु बुलुबुलु !”
“त्यसो मात्र हो र प्राणनाथ ?” माता पार्वती थप जिज्ञासु हुनुुभो, “कपी क्रीडाकै कारण श्लेषमान्तकको शान्ति खलबलिने गरी यो होहल्ला भएको हो त !”
“चञ्चलता उनीहरूको जैविक स्वभाव हो पार्वती ।” देवाधीदेवले भन्नुभो, “एक रूखबाट अर्को रूखमा, एक हाँगाबाट अर्काे हाँगामा उप|mनु यिनको जातीय विशेषता हो ।” पशुपतिनाथले सम्झाउनुभो, “यसलाई अन्यथा मान्नहुँदैन ।”
“मेरो प्रश्नको प्रयोजन त्यो थिएन प्रभु !” माता पार्वतीले भन्नुभो, “कपी क्रीडा अनादिकालदेखि देखिँदै आएको दृश्य हो ।” थप्नुभो, “उनीहरूमा अहिले आएको अस्वाभाविक चञ्चलताको कारणचाहिँ के हो, मैले बुझिनँ ।”
“यसपछाडिको कारण स्वाभाविक छ ।” पशुपतिनाथले भन्नुभो, “नेपालमा सम्पन्न परविर्तनका संकेत कपी प्रदेशमा संक्रमण भएर यसो भएको हो ।”
“मलाई प्रस्ट भएन प्राणनाथ ।” माता पार्वतीले भन्नुभो, “नेपालमा कुन त्यस्तो परविर्तन आयो, जुन परविर्तनको संक्रमण कपी प्रदेशमा पर्‍यो होला !”
“नेपालमा अरण्यबासी र सहरबासीबीच द्वन्द्व थियो ।” देवाधीदेवले भन्नुभो, “यस द्वन्द्वमा अरण्यबासी विजयी भए ।”
“अरण्यबासीको विजय र कपी जातीय जीवबीच कुनै सम्बन्ध छ ?” माता पार्वतीले सोध्नुभो, “मैले प्रभुको तात्पर्य बुझिनँ ।”
कपी जातीय जीव मूलतः अरण्यबासी हुन् । पशुपतिनाथले भन्नुभो, “वस्तुतः उनीहरू यसबेला किञ्चित उत्तेजनामा छन् ।”
“भनेपछि ।” माता पार्वतीले केही क्षण गम् खाएर सोध्नुभो, “अरण्यबासीको विजयोन्मादको प्रभाव पशुपति क्षेत्रसमेतमा व्याप्त भएको हो ?”
“तिमीले ठीक बुझ्यौ ।” देवाधीदेव मुसुक्क हाँस्नुभो, “अरण्यबासीहरू आमूल परविर्तनको चाहना राख्छन् ।”
“भन्नाले !” माता पार्वतीले विस्िमत् भएर सोध्नुभो, “कस्तो परविर्तन ?”
“उदाहरणका लागि ।” देवाधीदेवले भन्नुभो, “त्रिशूल र डमरुको साटो उनीहरू बेग्लै औजारको आवश्यकता अनुभव गर्दैर्छन् ।”
“किन ?” माता पार्वतीले सोध्नुभो, “त्रिशूल र डमरुको विकल्पको आवश्यकता किन पर्‍यो !”
“उनीहरू यस्ता औजारप्रति अभ्यस्त छैनन्् । ” देवाधीदेवले भन्नुभो, “नयाँ नेपाल बनाउने हो भने नवीन औजार आवश्यक पर्ने उनीहरूको मान्यता छ ।”
“त्यस्तो कुनै दृष्टान्त होला प्रभू !” माता पार्वतीले सोध्नुभो, “त्रिशूल र डमरुका ठाउँमा उनीहरू के राख्न चाहन्छन् ?”
“हँसिया ।” पशुपतिनाथले भन्नुभो, “मारतोल । ” प्रभुले माता पार्वतीको जिज्ञासाको एकमुष्ट जवाफ दिँदै भन्नुभो, “यस क्ष्ाेत्रमा भइरहेको वर्तमान हल्ला-होहल्लाको प्रयोजन यति हो ।”
“डमरु र त्रिशूलको साटो उनीहरूले भनेको औजार राख्नुपर्नाको कारण के हो देवाधीदेव ?” माता पार्वतीले सोध्नुभो, “मैले यसको औचित्यबारे बुझिनँ ।”
“यस्तो कृत्यको प्रयोजन भए पो बुझ्नु ! देवाधीदेव मुस्कुराउनुभो, “प्रयोजन मैले पनि बुझेको छैन ।”
“तथापि,” माता पार्वतीले भन्नुभो, “यस्तो आग्रह गर्नेहरूका कुनै तर्क पनि त होलान् ।”
“उनीहरू भन्छन् ।” पशुपतिनाथले भन्नुभो, “त्रिशूल र डमरु पुरातन नेपालका प्रतीक हुन् ।”
यी परम्परासँग जोडिएका निधिहरू पनि त हुन् । माता पार्वतीले विस्िमत् भएर सोध्नुभो, “परम्परासँग जोडिएका हरेक वस्तुको विस्थापन उचित हो र ?”
“त्योचाहिँ होइन ।” पशुपतिनाथले भन्नुभो, “त्रिशूल र डमरुको विकल्प हँसिया र हथौडा हुन सक्तैन ।”
“त्यसो हो भने प्राणनाथ,” माता पार्वतीले प्रार्थनाको मुद्रामा भन्नुभो, “यस अनर्थलाई रोक्न हजुरको भूमिका आवश्यक छ ।”
“कुन अनर्थ पि्रये ?” पशुपतिनाथले सोध्नुभो, “तिमीले मेरो कस्तो भूमिकाको अपेक्षा गरेकी छौ ?”
“त्रिशूल र डमरुका विकल्पमा अन्य औजारको प्रतिस्थापनाविरुद्ध प्रभुको भूमिका आवश्यक छ ।” माता पार्वतीले भन्नुभो, “अन्यथा अनर्थ हुन सक्छ ।”
“त्यस्तो केही हुने छैन ।” पशुपतिनाथले भन्नुभो, “तिमी विस्िमत् न हौ, त्रिशूल र डमरु विस्थापित हुने छैनन् ।”
“मैले बुझिनँ ।” माता पार्वतीले भन्नुभो, “अरण्यबासीहरूमा विजय उन्माद छ । त्यस विजय उन्मादको संक्रमण कपी जातीय जीवमा समेत छ । उनीहरू त्रिशूल र डमरुको विस्थापन चाहन्छन् भने उनीहरू आफ्नो चाहना पूरा गरी हाल्छन् नि !” माता पार्वतीले नरमाइलो अनुहार पारेर सोध्नुभो, “होइन र ?”
“त्यस्तो हुने छैन ।” पशुपतिनाथले भन्नुभो, “अरण्यबासीहरूको विजय उन्माद एउटा विन्दुमा पुगेर अडिनेछ ।” थप्नुभो, “त्यसपछि उनीहरू अनावश्यक आग्रह गर्न छाड्नेछन् ।”
“कसरी ?” माता पार्वतीले सोध्नुभो, “त्यस्तो होला र ?”
“त्यस्तै हुनेछ ।” भोलेनाथले भन्नुभो, “अहिलेसम्म उनीहरूसँग विजय उन्मादको मात्र अनुभव छ ।” थप्नुभो, “उनीहरू उप्र“mदैछन्, त्यसैमा तिनको पराजय गाँसिएको छ ।”
“हो र ?” माता पार्वती जिज्ञासु हुनुभो, “कसरी ?”
“यस उन्मादमा उफ्रदाउफ्रँदै यिनलाई चोट लाग्नेछ ।”
पशुपतिनाथले भन्नुभो, “त्यही चोट तिनको पतनको कारण हुनेछ ।”
माता पार्वती सुनिरहनुभो । आराध्यदेव पशुपतिनाथ भन्दै जानुभो, “तिनीहरू चोटपटकका कारण उत्पन्न घाउ कोट्याउन थाल्नेछन् र बेसुरका गीत गाउन बिर्सनेछन् ।” भोलेनाथले सुदूरभविष्यका सम्भावनाहरूबारे भन्नुभो, “आफ्ना शरीरका घाउ कोट्याउँदाकोट्याउँदै यिनको समय व्यतीत हुनेछ ।”
“कति बीभत्स भविष्यवाणी ।” माता पार्वती आहत हुनुभो, “के यस्तै होला त ?”
“हो पि्रये, यस्तै हुनेछ, बिचरा अरण्यबासीहरू यसरी पतीत हुनेछन् ।” पशुपतिनाथले भन्नुभो, “तिनको पतनसमेतले मलाई दुःखी बनाउनेछ ।” भोलेनाथ भावुक हुनुभो, “ती मेरै सन्तान हुन् ।”
“यो अचानक भयो प्राणनाथ,” माता पार्वतीले सोध्नुभयो, “अनायास किन चकमन्न भो ?”
“उफ्रँदा उफ्रँदैका अरण्यबासी घाइते भएको संकेत हो यो,” देवाधीदेवले भन्नुभो, “अब क्रमशः दृश्य परविर्तन हुनेछ ।”
“के हुनेछ भोलेनाथ ?” माता पार्वतीले सोध्नुभो, “ती दृश्य कस्ता हुनेछन ?”
“अब अरण्यबासीहरू घाउ कोट्याउन थाल्नेछन,” भोलेनाथले भन्नुभो, “यो दृश्य अपेक्षाकृत बीभत्स हुनेछ ।” यति भनेर भोलेनाथ मौन हुनुभो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *