Skip to content

मनहरू मकिदै छन्


मनहरू मकिदै छन् धमिराले खाने हो कि
बेथा सारा थपिदैछन्, अकालैमा जाने हो कि,
डक्टर बैद्य सबै लुके, स्वास्थ्य केन्द्र तोडिएछन्
नयाँ नयाँ क्लिनिक बने, मान्छेमार्ने लाइसेन बोकी

अनुसन्धान गर्दा गर्दै, परमधाम जाने भयो
सिकारुको हात पर्दा बेथा पत्ता नलागेर
डाक्टरले कुटाइ खाने, चलन यहाँ भाको छ कि
मान्छे मार्ने नियत हैन, बिना बिश्वास आको छ कि

शुरुमा चैं धामी झाँक्री देवी देउता पूजागर्ने
अन्तिम बेला भएपछि, अस्पताल जानु पर्ने
मरो भने डाक्टर दोषी, आफन्तले भन्नेगर्दा
अन्त्यकाल पछिमात्र अस्पताल आउने हो कि ?

कति डाक्टर यस्ता हो लान्, प्रमाण पत्र खरिदेका,
सबै डाक्टर त्यस्ता हुन्नन्, मुर्ख अघि उभिएका,
साँच्चै हुन् त डाक्टरहरू, मान्छे मार्न खटिएका ?
हैन ! हैन ! मुर्ख मान्छे ! तिमी आफै बुझ्ने हो कि ?,

टीका मिलन
इटहरी – ५
सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *