Skip to content

कति सजिलै टुटेर गयो त्यो हाम्रो कहानी ?


कति सजिलै टुटेर गयो त्यो हाम्रो कहानी ?
पघलेर हिउ झै खेर गयो त्यो हाम्रो जवानी
सपनी झै चम्कदै आएथ्यो लिएर विहानी
तोडेर बचन विर्सेर सारा यादको निसानी

आँखामा मेरो तस्विर तिम्रो मुटुभरि माया
वर पर देख्छु प्रिया तिम्रो नै छाँया
तिम्रो साइनो हृदयमा छ विर्सन्न कहिलै
म हुन्छ जब तिमी हुन्छौ रहन्छ संसार जहिलै

रुपमा तिम्रो मरेकी थिएन्न भावमा डुवेथ्ये
तिमी विनाको कैयौ रात आसु नै पिएथ्ये
एकलो जीवनको कथा मेरो कसले पो सुनाउथ्यो ?
दुख बिसाउने साथी मेरो आँसुलाई मात्र थ्यो

त्यो तिम्रो सिउदो अरुको नासो बनाई गएछौ
देख्दा देख्दै त्यो तिम्रो जीवन अरुलाई दिएछौ
झुठो जस्तो लाल्दथ्यो मलाई तर साचै पो भएछ
नदेख्दा तिमीलाई मेरो वर पर यो मन रोए छ

लेख्ने कला भएको भए लेख्नेथ्ये किताव
त्यो जीवन मेरो त्यो पीडा हाम्रो हुथ्यो सदभाव
जातले सानो ठुलो है भनी गरिन भेदभाव
थोरै पनि गरेको भए लैजा हे काल अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *