ए ! दाजु- भाइ !! बिद्याको खेती सबैले लगाऊँ
बिद्याको खेती लगाई अब यो देश सजाऊँ
बिद्या हो हाम्रो सम्पूर्ण धन सम्पत्ति सबैको
सज्जन भई गरौं न सेवा नेपाल आमाको
कसैले अब नगरी हेला, यो बिद्या पढिलेऊ
स्कूल जानु पर्दछ अब सबैलाई भनिदेऊ
आउन भाइ आउन बैंनी यै बिद्या पढेर
नियम कानुन सबैले बुझ, कुमती छाडेर
पढेर बिद्या लौ तिमी पनि, यो देश बनाऊ
रंगी बिरंगी पारेर देश, दुख सब् हटाऊ
नेपाल देश बिद्याको धनी, सबैमा सुनाऊ
सबैको आँखा ज्योतीले भरी उज्यालो देखाऊ
त्यो तिम्रो मन बिद्याले भरी, टमक्क बनाई
देशको सेवा गरेर बस, नाम् खुबै चलाई
कठोर काम गरेर सधैं, पसिना बहला
यो सबै गरे तिम्रो नाम भरे, अमर रहला
२०३४|१२|१७
तुम्लिंटार , संखुवासभा
