Skip to content

रात प्यारो लाग्छ


शिशिरले हल्लिएको पात प्यारो लाग्छ
तिमीसँगै पूर्णिमाको रात प्यारो लाग्छ

लजाउदै मेरो सामु जब मुस्कुराउँछ्यौ
लुकी लुकी देखाएको दाँत प्यारो लाग्छ

सानो छँदा गोठालो भै गाई चराउँदा
लुकामारी खेलिएको थात प्यारो लाग्छ

कैले कैले एक्लै हुँदा टोलाउछु एकान्तमा
भेटेपछि मिलनको मात प्यारो लाग्छ

गाँजलु ती आँखा अनि पाउजु र फरिया
चुरा लगाई सजाएको हात प्यारो लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *