Skip to content

कहाँ छ दुनिया

यहाँ छ कि त्यहाँ छ कहाँ छ दुनिया ?
आकाश कि पातालमा कहाँ छ दुनिया ?

गाउँमा कि शहरमा वनमा कि जंगलमा
सिर्जना कि बिनासमा जहाँ छ दुनिया ?

मिलन कि बिछोडमा सरलता कि कपटमा
विशालता कि सूक्ष्मतामा वहाँ छ दुनिया ?

शान्तिमा कि विद्रोहमा आत्मीयता कि तिरस्कारमा
हल्ला कि सत्यतामा त्यहाँ छ दुनिया ?

गीतामा कि वाइवलमा त्रिपिटक कि कुरानमा
अह ‘सुमन’ यहाँ छदै छैन यो दुनिया मा दुनिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *