Skip to content

त्यहाँ भित्र के छ

तडक भडक बाहिर त्यहाँ भित्र के छ
चम्किलो छ परिधि त्यहाँ भित्र के छ

रसिला छन अधर छन चम्किला नयन
कोमल छ त्यो मन त्यहाँ भित्र के छ

अभेद्य छन पर्खाल उन्नत अट्टालिका
सुन्दर छ आँगन त्यहाँ भित्र के छ

थुप्रै छन पाना बाक्लो आवरण
असंख्य शब्दावली त्यहाँ भित्र के छ

गोलो छ पृथ्वी व्रद्माण्ड पनि गोलै
गोलै छ शुन्य त्यहाँ भित्र के छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *