Skip to content


प्रसिद्ध राज ज्योतिषले एकादेशमा एउटा राजाको हात हेरेर भविष्यवाणी गर्‍यो रे ‘साखासन्तान सबै सेलाएर नितान्त एक्लो वृद्धत्व बोकेर तपाईं बाँच्नुपर्छ ।’

राजा क्रोध न हो ! ज्योतिषले कडा परिश्रमसहितको आजीवन कारावास सजाय पायो । ज्योतिष पत्नीले थाहा पाइन् । शोकाकुल हुनु साटो छद्म भेषमा ज्योतिष बनेर उनी राजदरवार र भित्रिन सफल भइन् । राजाको हात हेरेर भनिन् ‘तपाईंको आयु लामो छ । आफ्नो पूर्खा, सन्तान दरसन्तानभन्दा बढी राज्यभोग गर्नुहुनेछ । तपाईंको अगाडि अरू कसैले राज्य गर्नसक्ने छैनन् । निश्चिन्त हुनुहोस् ।’

राजा अत्यन्त प्रसन्न भए । मागे बमोजिम इनाम दिने वचनवद्धतापछि राजाबाट आफ्नो लोग्नेलाई कारावास मुक्त मात्र हैन पुनः पूर्वपदमा बहाल पनि गराइन् ।

कथाको सार यही हो र बुद्धिमान र विद्वानबीच हुने भिन्नता दर्शाउनुमा नै यो कथाको मर्म र महत्त्व रहेको छ ।

बुद्धिको अभ्यासमा पारङ्गत बुद्धिमान हो भने विद्याको अभ्यासमा पारङ्गत विद्वान । अभ्यास विना न बुद्धिमान हुन्छ न विद्वान । दुवैले अभ्यास गर्नैपर्छ पारङ्गत हुन । विद्वत अभ्यास अरूको गिदीमाथिको निजी वर्कत हो भने बुद्धिमत अभ्यास निजी वर्कतको उत्खनन हो । अर्कै किसिमले भनौा लौ । अर्काको खेत सापटी लिएर मेहनत र मलजलले हराभरा बनाएर फलाए वापत लिन पाउने वा सकिने अंश विद्वता हो र आफ्नै खेतमाथिको मेहनत र अनुसन्धानबाट उब्जिएको फल बुद्धि हो । भनौा न, एक किसिमले विद्वता भिक्षा हो, दान र आशिर्वाद हो, वुद्धि स्वयम्को आर्जन । मेहनतमा दान, भिक्षा र आशिर्वादको प्रयोग गरेर विद्वान बन्न सकिन्छ । दान, भिक्षा र आशिर्वादसाग विद्वानको वितृष्णा हुन्छ । यस अर्थमा विद्वतालाई कटुसत्यको माला पहिराइदिए हुन्छ, मृदुसत्यको माला बुद्धिमानले सधैँ भिरेको हुन्छ ।

परिस्कृत, परिमार्जित तथा सुसंस्कृत रूप बुद्धिले- घोषणा गर्न म उत्ताउलिरहेको छु । विद्वताकहाँ त्यस्तो हुन्छ ? परिस्कृत र परिमार्जित त होला नै तर सुसंस्कृत हुँदैन विद्वता । बुद्धिमान मस्तिष्कमा असम्भवलाई सम्भव बनाउने बुटी हुन्छ । त्यही बुटीको पासा फ्यााकेर ऊ दाउ जित्छ र सफल हुन्छ । उसका सामुन्ने कुटिलता पनि पग्लिन्छ, नतमस्तक हुन्छ । विश्व खतरामा परेको बेला बचाउने बुद्धिमान नै हुन्छ । युद्धका कुचक्र सञ्चालन मूखाहरूबाट भएको थिएन र हुदैन पनि । दुई विश्वयुद्धका सञ्चालक मूर्ख थिएनन् । उनीहरू विद्वान थिए र त प्रलयङ्कगरी, नरसंहारक नाटक रच्न सके । बुद्धिमानले नै युद्ध रोकेका हुन् । विद्वता प्रदर्शनको लालसाबाट नै कति खतरनाक बमहरू बनिरहेछन् । हावाको तरङ्गभित्र थुप्रै कणहरू विखरित छन् । थुप्रै जिवात्मा डुलाइरहेछ, सागेटिरहेछ तरङ्ग । यस्तै तरङ्गको लहैलहैमा विद्वान भौंतारिरहन्छ, सञ्चालित भैरहन्छ । उसलाई वहकिन बेर लाग्दैन । कुटिल अग्निको लपेटका परेपछि वशिभूत नहुने के छ र ? त्यसैले विद्वता प्रदर्शन स्थल हो र विद्वान त्यसको सामग्री जहाँ वहुरूपी र रङ्गीचङ्गी झिलिमिलीमा कैयौा मस्तिष्क लठ्याइन्छ । हेर्नमा राम्रै लाग्छ सुनको चरा तर त्यो बोल्न सक्दैन । कालो कोइली मीठो स्वरले मुग्ध बनाउन सक्छ ।’विद्वान सवत्र पूज्यते’ अर्थात् विद्वानको प्रमाणपत्र हुन्छ र त्यही प्रमाणको भरले ऊ पूजिन्छ । बुद्धिमान प्रमाणपत्रले आक्न सक्दैन । उसलाई कसैको भर चाहिादैन । पहिचानको कसी हुनेहरूले बुद्धिमानलाई निमेषभरमै चिनिहाल्छन् । त्यहा बुद्धिमान विद्वानभन्दा बढी पूजिन्छन् ।’बुद्धिर्यस्य वलम्तस्य’ श्लोक बनाउन मात्र लेखिएको छैन । बुद्धि अन्तर्निहित हुन्छ, विधा परमुखी । विरवलका कथाहरू पढेर उसको बुद्धि ठम्याउन सकिन्छ अथवा भनौं विरवलरूपी लेखकको बुद्धि आक्न सकिन्छ । बुद्धि विद्वताभन्दा धेरै धेरै गहिरो छ । विद्वता गुण हैन भन्नु मिथ्या हुन्छ । यो गुण हो । वैज्ञानिक चमत्कारहरू विद्वताको र तिनका सुप्रयोग बुद्धिका प्रतिक हुन् । विद्वान तयारगर्न सकिन्छ, बुद्धिमान बनाउन धेरै गाहारो छ ।

शून्यलाई आकाश मानेर बुद्धिमान हुनु र नहुनुको सीमारेखा कोर्छ, विद्वान त्यो सीमारेखा खोतलेर कता कता हराउछ । उसको कुनै आकाश हुादैन । हुनु र नहुनुको कुनै सीमारेखा छैन । मृगतृष्णामा भौतारिएर ऊ जीवनबाट कतिपल्ट हराउछ । लीन, प्रयत्न र लगनको बुद्धिले विद्वता बढेर जान्छ । विद्वताले बुद्धि बढ्दैन । यस ब्रहृमाण्डका सौर्य जगतमा भएका नवग्रहका थुप्रै चन्द्रमाहरू छन् । त्यसमध्ये चिनिएको र सजिलैदेखिने चन्द्रमा पृथ्वीको टुक्रा हो । यो बुझाइमा विद्याको देन छ र यही देन, यस्तै दानबाट विद्वतातिर सङ्क्रमण हुन सकिन्छ । हो, यो सूर्य र चन्द्रमा समय अनुसार चम्किएका देखिन्छन् तर वास्तवमा सूर्य मात्र चम्किन्छ, चन्द्रमा चै टल्किन्छ । यही चम्किनु र टल्किनुको फरकमा नै बुद्धिमा र विद्वानको अर्थ रहेको छ । विद्वान सवभन्दा दुःखी प्राणी हो र बुद्धिमान सबभन्दा सुखी । साच्चै भन्ने हो भने बुद्धिले मार्गदर्शन नगराएको विद्वान अपूरो हुन्छ र भनौं त्यो सफल हुदैन ।

क्षुधाले सताएको अतृप्त मस्तिष्क हावाकावा खादै विद्याको परिकार निलेर क्षुधालाई अल्मल्याउन सक्छ । एकछिन तृप्त भएर आनन्द लिन सक्छ, शान्त गराउन सक्छ । अर्को अर्थमा भनौ- विद्याले पेट भराउनसक्छ । बुद्धिले क्षुधाको कारण, तरिका र निर्क्योल पहिचान गरेर जीवनको आयु लम्ब्याउछ । जीवनमा सरसता भर्छ । स्वस्थता बुद्धिको परिणाम हो भने स्वस्थ्य हुनुपर्छ भन्ने ज्ञान विद्याको ।

बुद्धि र विद्याको समुचित मात्रा अङ्गाल्न सके जीवनको सबभन्दा ठूलो उपलब्धि हासिल हुनेछ । बुद्धि कहिल्यै हार्दैन । जत्रोसुकै सङ्ग्राममा पनि बुद्धिको जित हुन्छ । बुद्धिमानलाई बाच्न गाहारो छैन । जुनसुकै अवस्थामा पनि बुद्धिमान आफ्नो संरक्षण गर्न सक्छ । विद्वान कुनैबेला असुरक्षित हुन्छ । संरक्षण गर्ने कौशल नहुनाले कतै कुनैबेला विद्वान त्यसै भरेर जान्छ ।

बुद्धि र विद्याको यस प्रतिस्पर्धामा, यस तुलनामा म स्पष्ट देखिरहेकोछु- यहाँ बुद्धिभन्दा बढी विद्याको प्रभावको भ्रम छ । त्यसैले बुद्धि शिथिल जस्तो लाग्न गएको छ । पराजित हुन नसक्ने दोष अङ्गालेर नै शायद यसले शिथिलताको भ्रम बाड्न सकेको होला । वाहृय प्रभावले विद्या झन्झनाउँछ, बुद्धिसाग त्यस प्रभावको केही लाग्दैन । यही त फरक हो विद्या र बुद्धिको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *