कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली गोठालाहरु थिए । घर परिवार तथा नातागोता पनि असाध्ये राम्रा र कुसल थिए । यी सबै राम्रो भए पनि उनी आफु असल थिएनन् । उनी अति नै घमण्डी, लोभी र दुर्जन थिए । कहिल्यै पनि आफ्ना घर परिवामा राम्रो लाउन र मिठो खान नदिने र सबैलाई गालि मात्र गर्ने, रुखो बचन भएका जहिले पनि अर्कालाई दोष मात्र दिन जानेका कसैले राम्रो काम गरे पनि गाली नै गर्ने नराम्रो काम गरो भने त झन् उसले उनीबाट कहिल्यै पनि माफ भने पाउँदै नपाउने । यस्ता ती कदर्य जहिले पनि जोसँग पनि रिसाइमात्र रहने गर्थे । उनी न त कहिले कुनै देव देवीहरुको पूजा नै गर्थे न त कहिल्यै कुनै प्रकारको दान धर्म नै । न त कुनै दिन पितृको लागि एक थापो पानीको तर्पण नै दिन्थे ।
यसरी यी कदर्य नाम गरेका ब्राह्मणको प्रसस्त धन भए पनि त्यो सम्पत्ति कुनै काममा आउन सकेन । उनी कहिल्यै पनि आफ्ना पञ्चयज्ञ पनि गर्दैनथे । उनले ती पञ्चयज्ञका देवतालाई पूजा नगरेको हुनाले ती देवताहरु पनि रिसाएर उनको भलो चिताउन छाडे । घरका परिवारले पनि उनलाई साथ दिन छाड्दै गए । छोरा छोरीतथा पत्नीले पनि उनलाई हेला होचो गर्न थाले । नोकर चाकर वा हली गोठालाहरु पनि उनले भनेको मान्न छाड्दै गए । यसपछि उनको त्यो अथाह सम्पत्ति पनि घट्दै जान थाल्यो । घरमाभएका चल सम्पत्तिहरु हराउन र जग्गा जमिन पनि खालो पैरो लाग्ने हुन थाल्यो । घर झगडा बढ्दै जान लाग्यो र बाँकि रहेको सम्पत्ति अन्य झैझडामा सिद्धिदै गएर उनलाई कसैले पनि वास्ता गर्न छाडे । यसरी दिनानुदिन भएको सम्पत्ति सिद्धिदै गएर उनी सबै तिरबाट बिरक्तिएर अनि सबै आफन्तहरुबाट तिरस्क्रित भएका उनी घर छाडेर हिडे ।
यसरी कदर्यले आफ्नो सम्पत्ति सकिएको चिन्ताले घरै पनि छाडेर हिड्नु पर्नै अवस्था भयो । उनी तपस्वीको रुप धारण गरेर भिक्षा माग्दै खाँदै हिडिरहे । समय बित्तै जाँदा चिन्ता र पिरले गर्दा उनको घाँटी रोकिएर बोली पनि बन्द हुन पुग्यो । बोल्न नसक्ने भएर झन ठुलो पिडामा परेका उनले भन्न लागे कि, —“ धर्मको लागि पनि नहुने, उपभोगको लागि पनि नहुने, त्यो मेरो जस्तो धन अरुको पनि कति होला, त्यसले पनि मैले जस्तै दुख अवस्य पाउनेछ । जसरी मैले यो शरीरलाई दुख दिएँ त्यसलाई पनि मलाई जस्तै दुख हुनेछ । वस्तवमा ती कदर्यले आफ्नो धन कहिले पनि कल्याणदायक काममा प्रयोग गर्न सकेनन् त्यसैले यस्ताको धन यो लोकमा सन्तापको लागि र मरे पछि नर्कजानको लागि मात्र हुन्छ । जसरी सेतो कुष्ठ रोगले आफ्नो रुपलाई नास गरी दिन्छ, त्यसै गरी थोरै पनि लोभले गर्दा कीर्ति हुनेहरुको राम्रो कीर्तिलाई र गुणीजनको प्रसंसा योग्य गुणलाई पनि नास गरिदिन्छ । धन आर्जन गर्न र बढाउन मान्छेले धरै प्रयास गरिरहनु पर्छ । धन बढि भए पछि त्यसको नास पो हुन्छ कि भन्ने चिन्ता र भ्रम पैदा भैरहन्छ ।
धन प्राप्तीको लागि मानिसले झुटो बोल्ने, चोरी गर्ने, हिंसा गर्ने, रिस गर्ने, अर्कालाई फुटाउाने, अरु सँग शत्रुता बढाउँने, अहंकार बढाउने, अविश्वास गर्ने, परस्त्रीमा लाग्ने र मदिरा पिउने जस्ता निच काम गर्न थाल्छ भनेर पंडितहरुले भनेको कुरा हो नै रहेछ । यही धनको कारणले दाजुभाइ, पत्नी, पुत्र, पितृ, मित्र, अन्य प्रेमी र समपूर्ण आफन्तहरु पनि शत्रु हुदा रहेछन् । थोरै धनको लागि मात्र पनि क्रोधले जलेर मानिसहरु उत्तेजित भै चाँडै नै मित्रतालाई त्याग्न पुग्दा रहेछन् । देवताहरुले पनि चाहाना गर्ने ब्राह्मण कुलको बंशमा जन्मेर पनि मैले यस्तो कुलको जन्मलाई अपहेलना गरेर जसले आफ्नो कल्याण गर्दैन त्यो पनि अशुभ गति मात्र प्राप्त हुदो रहेछ । जति धनी भएपनि आफुले प्राप्त गरेको धन अफ्ना पितृलाई, देवतालाई, ऋषिहरुलाई, र आफ.ना सन्तानहरुलाई भाग नलगाउँदा वा आफुले समेत उपभोग गर्न नसक्ता त्यो मानिस तल झर्दोरहेछ । मानिसहरुले आफुले प्राप्त गरेको धनलाई आफु मोक्ष हुनेकाममा लगाउनु पर्दो रहेछ तर म जस्तो बेहोसी मानिसले केही पनि गर्न नसक्नाले अहिले दुख पाइरहेको छु । अब बृद्ध अबस्थामा म के नै गर्न सक्छु र ? कालले गाँजिसके पछि कुबेरै भए पनि उनको धनले केही काम गर्न सक्तो रहेनछ ।
अब आइन्दा मेरो आयु बाँकि रहेछ भने, म आत्मामा नै रमाएर सावधानी पूर्वक धर्म कर्म गर्दे, साधना वा तपस्यामा लागेर यो शरीरलाई सुकाउने छु ” – यसै गरी खट्वाङ्ग राजाले पनि एक मुहुर्त मै ब्रह्मलोक प्राप्त गरेका थिए । यसरी अवन्ति देशका ती कदर्य ब्राह्मण यस्तो बिचार गरेर अहंकारलाई त्यागेर शान्तरुप भै भिक्षुको स्वरुप धरण गरी मुनिको आचरणमा रहेर बस्न लागे ।
बृद्ध अवस्था भएका कदर्य आफ्नो पेटको क्षुधानललाई शान्त पार्नको लागि पनि सन्यासीको रुप धारण गरेर झोली र कमण्डलु बाकेर बस्तीमा हिड्न लागे । भिक्षा माग्न गाउँ टोलमा पस्दा उनलाई चिनेकाहरुले कदर्य पापी हो, अपराधी हो भनेर गाली गर्ने र नचिनेकाहरुले काहाँको ठग हो भनेर होच्याउने साथै गाली गर्ने, कसैले कुट्ने र कसैले टेकिराखेको लौरो खोसेर फ्याकि दिने जस्ता नचाहिदो कार्य गरी दुख दिइ रहने गर्दथे । ससाना केटा केटीहरु त झन् पछाडीबाट कुट्ने र भिक्षा मागेर ल्याएको अन्न पनि खोसेर फ्याकीदिने गर्थे । कुनै हुल्याहाहरुले त टाउकामा पिसाब गर्न पनि बाँकि राखेनन् । यसरी बुढा भएका कदर्य अवन्ती देशमा भौतारिदै हिड्दा सबैको हेला हाचो हुँदै नदी किनारमा गएर आफुले भिक्षा मगेर ल्याएको अन्न पकाएर खान लाग्दा पनि दुष्टहरुले त्यहीँ गएर सबै खोसेर फ्याकि दिन्थे । बोलाउँदा नबालेकाले किन बोलिनस् ? भनेर कुटपिट गर्दथे भने कोही यो चोर हो यसलाई सजाय दिनु पर्छ भन्थे,कोही डोरी लिएर बाँध्न ठिक परेका हुन्थे । कोही यो पापीहो, अपराधी होठगाहा हो भन्दै यो धन सकिएर बौलाहा भएर हिडेको र यसलाई घर परिवारले पनि घरमा बस्न नदिएर घरबाट निकालाबास गरेर धपाएको भन्दै कतै पनि बस्न दिदैनथे । कसैले भने भएभरका सामान सबै खासेर लगाइरहेको धोती समेत खोसेर निर्बस्त्र पार्न पनि खोज्थे ।
यसरी दुख पाए पछि कदर्यले दैवबाट पाएको दुख, दुष्टबाट पाएको दुख, रोगबाट पाएको दुख, जाडो र गर्मीबाट हुने दुख जति हो त्यो सबै भाग्नै पर्दो रहेछ भन्ने चेतना प्राप्त गरे । मनमा अनेक प्रकारका तर्कनापलाउन थालेर आफ्नो दुखको कारण अरु केही नभएर आफ्नै मन हो रहेछ भन्ने ज्ञन पाप्त गरे । यसरी आफुले पहिले जेजस्तो काम गरेको छ त्यो सबै अर्को जुनीमा नभएर यसै जुनीमा प्राप्त हुँदोरहेछ । मैले लोभ गर्नाले यै जुनीमा दुख पएँ भने अब अर्को जुनी म कसरी भोगुँला र ?त्यो त थाहा पाउने कुरो पनि त होइन । ती कदर्य यसै जुनीको मेरो कर्मले यस्तो भएको हो भन्ने निस्कर्समारहे । यसरी धन सकिएर दुख पाएका ती कदर्य ब्राह्मण बैरागी भएर सन्यासी रुप धारण गरी पृथ्वीमा घुम्दै दुष्टहरुले तिरस्कार गरेर पनि आफ्नो धर्मबाट बिचलित नभै धर्म र कर्मको गाथा गाउँदै यस लोकमा घुम्दै अन्तमा भगवानको धाम प्रप्त गरे ।
नोट ;— श्रीमद्भागवत महाँपुराण एघारौं स्कन्दको २३ अध्याय को ६ श्लोक देखि ६० श्लोक सम्म ।
This story is very didactic
This story is very didactic one. Yes, a lesson is always learnt after passing time. It can be precious to others.