Skip to content

किनकि यो नेपाल हो!


आज लेख्दा लेख्दै हात कापेका छन्,
बोल्दा बोल्दै आबाजहरू आँफै चिच्याएका छन,
आँखा अगाडि बिभत्स् दृष्य नाचेकोछ,
भूतसग बर्तमान डरायको छ,
भबिश्य आँफै भागेको छ,
प्रत्यक बिहानिको मिरर्मिरेमा पनी
आशन्काले जरो गाडेको छ,
किनकि,
आज भोली कलमहरू डराएका छन,
अक्षरहरू स्वतन्त्र छैनन,
शब्दहरूमा बन्देज छन,
हातहरूमा दबाब छ,
खुल्ला दिमागले सोच्न मनाई छ,
जे देख्यो त्यो लेखिदैन,
जे लेखियो त्यो देखिदैन,
सबैमा अहमकार अनी शक्तीको दम्ब छ,
आज, म ठुलो भएको छु,
मै सर्बे सर्बा भएको छु,
किनकि, म सत्तामा छु,
यहाँ मैले जे भने त्यही हुन्छ,
जे गरेनी राम्रै हुन्छ,
अब तिमी हरू बोल्न सक्दैनौ,
बोले पनि सुनुवाई हुँदैन,
तिम्रा आवाजहरू कसैले सुन्ने छैनन,
तिमीहरू भिडमा नै हराउने छौ,
कसैले देख्ने छैनन .
किनकि,
मैले सबै को आँखामा भ्रम छरेको छु,
सबैको कानमा आश्वासन भरेको छु,
मैले जे गरेनी हुन्छ्,,
म अब तान्डब नाच नाच्ने छु,
अब म जे बने नी हुन्छ,
निरकुश, तनाशाह,
किनकि यो नेपाल हो!

3 thoughts on “किनकि यो नेपाल हो!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *