Skip to content

लेखिन मैले जवाफ चिठी उनको पाएकै हो
हुलाकीको दोष छैन, समयमा आएकै हो ।।

केरमेट थियो धेरै ठाँउमा के के हो के के
पढि सक्दा पुरै चिठी टाउको मेरो खाएकै हो ।।

दोष दिने सीमा हुन्छ पिडा मैले दिएँ अरे
भेट्न भनि सयौं पटक उनको दैलो धाएकै हो ।।

बाँच्न एकपल सकिदैन नपाएमा तिम्रो साथ
भन्ने उनको मुख भरी तितो गाली छाएकै हो ।।

प्यार थियो सार थियो अनि थियो खुशी पनि
बनाएर मलाई उजाड एक्लिन त चाएकै हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *