Skip to content

रुखो बोलिदिए हुन्छ


मिठा वचन होइन मलाई रुखो बोली दिए हुन्छ
मलम-पट्टी होइन मलाई गोली दिए हुन्छ

तिमीबाट कुनै आस राख्नु मेरो मनको चाह थियो
आजै केही चाहिदैन मलाई भोलि दिए हुन्छ

बनावटी फुस्रा कुरा धेरै सुनायौ तिम्ले मलाई
भो अब सम्झनु छैन सबैं भुली दिए हुन्छ

हराभरा जिन्दगी मेरो उजाड बनाई छोडेपछि
अमृतको प्याला भनी बिष घोली दिए हुन्छ

मिठा वचन होइन मलाई रुखो बोली दिए हुन्छ
मलम-पट्टी होइन मलाई गोली दिए हुन्छ

www.facebook.com/ismaran37
विष्णु लम्साल
जुटपानी ३ चितवन

2014-03-21 01:55:58 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *