Skip to content

सत्ता समाल्ने हुँदा

बस्ती आज उजाडियो घर ढले, सिंचाइको नाउँमा
गर्लान् के इनले बिकास यसरी, बिश्वस गर्छौ कहाँ ?
नेपाली जहिले थिए बिपतमा, छन् आज उस्तै हरे !
ठेक्का हो अब छैन बन्धन कतै, सत्ता यसै चल्छ रे ।

गर्ने काम त हैन नास यसरी, इच्छा लियौ जोशमा
भत्काएर गयौ समस्त नगरी, आमा रुदैछिन् त्यहाँ
हेर्दै छौ कसरी सधैंभर यसै, नेपाल आमा रुँदा
गर्ने काम यही थियो गर सबै, सत्ता समाल्ने हुँदा

२०७१। ३। ५
इटहरी — ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *