यहाँ कहाँ आई पुगेँ म ??????
***********************
कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर !
कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै !
जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ !
कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर !
कहाँ यहाँ दूषित माटो हरुमा पसीना चुहाउँदै !
जहाँ जिन्दगी यन्त्रवत हुँदो रहेछ !
कहाँ म नाता , आफन्तहरू को न्यानो भीड़ छाडी !
कहाँ यहाँ चीसा गल्ली हरुमा आफन्त खोज्दै !
जहाँ आफन्तपन आफैं मा सिमित हुँदो रहेछ !
कहाँ म नाति पनाती हरु संग रमाउने बा आमा छाडेर !
कहाँ यहाँ कुकूर र बिरालो संग रुने र रमाउने हरु बिच !
जहाँ जीवन एउटा व्यक्तिगत स्वतंत्रता मा सिमित रहन्छ !
कहाँ म निर्धक्क बोल्दै , सुसेल्दै गाउने मान्छे !
कहाँ यहाँ हाच्छिउँ लाई पनि नाक भित्रै दबाउँदै !
जहाँ कुकूर पनि भुक्न र टोक्न विर्सन्छ !
कहाँ मेरो सेतो हिमाल ,हरिया पहाड़ , र खर्क डुल्ने मन !
कहाँ यहाँ कंक्रीट को जंगल र मोटरको बाढी बिच !
जहाँ प्रकृतिमा पनि कृत्रिम सौन्दर्यता देखिन्छ !
कहाँ म कोइली को कुहू कुहू … सल्लाघरीको स्यांइँ स्यांइँ अनी मन्दिर
र गुम्बा को टिङ टिङ आवाज छोडी !
कहाँ यहाँ Alarm, Ambulance , Police र दमकल का कर्कश साइरन बिच !
जहाँ यस्तै आवाज प्राकृतिक र दैनिकी हुन्छ !
कहाँ म मेरो गाउँ को लाला…!!! ..लैलै ….!!! र ऐ कान्छी !! मा भुल्दै !
कहाँ यहाँ टेक्नो , रयाप र साल्सा हरुमा बटारिँदै !
जहाँ स्वस्फूर्त तरंगहरु , सुसेलीहरू कोठाहरू भित्रै कैद हुन्छ !
सोच्छु….. ! यहाँ कहाँ आई पुगेँ म ??????
जे .बी . शेर्पा
एंटवर्प
02.2009

J.B. Bro,
very cogratulation
J.B. Bro,
very cogratulation for your pen n your mind power-house to such as nice production of creation,
I heartly wishing to tast your pen onwards eternal…
sherpa.lakpa99@gmail.com
Unilever
Dubai
Very nice!
Very nice!
Nice Poem! I like it
कहा
Nice Poem! I like it
कहा आइपुगे आफ्नो मुटु अनि प्राण लाई छोड़ी
मानौ म हराएको छू.
मानौ मेरो मणि कतै हराएको छ
बाचेको छू झिनो आशमा
कतै पाउछु की भनी
आशामा विश्वास को दीप वाली
दियोमा हरेक प्रहर तेल थपि रहेछु
मन धमिलो हुन्छ दियो मलिन हूदा
पुलंकित हुन्छ फेरी त्यो बल्दा
मेरो बिश्वास भरोसा प्रखर हुन्छ
जिउने फेरी प्रेरणा मिल्छ
Akash
Thank you very much Lakpa,
Thank you very much Lakpa, atithi and Akash ji for your kind comments.
J.B.