तिम्रा दुख चुली हुदा मैदान हुन्छु म
कालो हुदा तिम्रो आत्मा बिहान हुन्छु म
सुकी सक्दा सारा सँसार खडेरी लागेर
तिम्रो मन भुलाउने बगान हुन्छु म
जब जब दिन ढल्छ सँघार हुन्छ जुन
कल्पनामा तिमी सँगै उडान हुन्छु म
बिन्ती मेरो बिर्सीएर नजानु है कैल्यै
काम सकी फ्याँकीएको रछ्यान हुन्छु म
तोयानाथ पौडेल
मरुभुमी को छाती बाट
