आजभोली म हरेक बिहान
पश्चिम फर्किएर हेर्छु
सुर्य उदाउँछ की भनेर
तर ऊ कहिल्यै पश्चिम बाट उदाएन |
हामी कति बद्ली सक्यौँ
आफुलाई आधुनिक बनाउन
हामीले कति कुरा छोडी सक्यौँ
धर्म छोड्यौँ
संस्कृती छोड्यौँ
भाषा छोड्यौँ
जुन आफ्नो पना हो, छोड्यौँ
साच्चै भन्दा
हामीले आफैँलाई छोड्यौँ
हामी यत्रो परिवर्तन भइसक्यौं
तर म छक्क पर्छु
यो सुर्य भने अझै पूर्वबाटै उदाउँछ |
यहाँ स्त्रीहरु गर्भिणी हुन मान्दैनन्
पुरुषहरु आमा चिन्दैनन्
हामीले फुलहरु चुँडेर
ढुंगा रोपी सक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पूर्वबाटै उदाउँछ?
हामीले पछौटेको दाग
मेटाउन लाग्दा लाग्दै
हामीमा भएको “मान्छे” को
नाम मेटाइसक्यौँ
तर म छक्क पर्छु
चन्द्रमा अझै उही दाग लिएर हिन्छ
ऊ पनि उसै गरि उही रितमा उदाउँछ
र अस्ताउँछ |
हामीले आफ्नु अस्तित्व त्यागेर
आफुलाई अरुमा बिलिन गराईसक्यौँ
तर म छक्क पर्छु
यो सुर्य अझै किन पुर्व बाटै उदाउँछ?
आखीर ऊ पनि पुरातन वादी न पर्यो ||
