त्यसो भए मलाई तिमिले त्यो मन बाट हटाउनु
सक्छौ भने अन्तिम एउटा फोटो चाहिँ पठाउनु ।।
तिम्रा घरका गल्लिहरु हिँड्ने बानी नजालान् कि !
सम्भव छ त मुल बाटोमै कोहि पाले खटाउनु ।।
सम्झिएर मलाई तिमिले अब कुनै फाइदा छैन
दिन दिनै मेरा याद एक-एक गर्दै घटउनु ।
सम्भव छ त मुल बाटोमै कोहि पाले खटाउनु ।
सक्छौ भने अन्तिम एउटा फोटो चाहिँ पठाउनु ।।
पुस्कल पौडेल (—प्रतीक)
