Skip to content

एक सुन्दर रात


तिमी र मसँगै भको पूर्णिमाको रात प्यारो
मेरो मन छुन खोज्ने मिठो तिम्रो बात प्यारो

हरपल हामीसँगै जीवनलाई अघि बढाऔं
हरेक पलमा साथदिने सहयोगी हात प्यारो

केहीभन्दा नरिसाउने तिम्रो कोमल हृदय छ
मत्ताउने तिम्रो बोली मलाई त्यही मात प्यारो

तिमी हामीसँगै मिली जीवन रुपी डुंगा तरौ
मलाई केही चाहिदैन देऊ मात्र साथ प्यारो
मेरो मन छुन खोज्ने मिठो तिम्रो वात प्यारो

Leave a Reply

Your email address will not be published. Required fields are marked *