धोका फेरि हुन्छ हुन्न भनिदेऊ नेता हजुर
अनि देश रुन्छ रुन्न भनिदेऊ नेता हजुर
सुन्यौ, मान्यौं हाम्ले धेरै धेरै हजुरहरूलाई
हाम्लाई अब सुन्छौ सुन्न भनिदेऊ नेता हजुर ।
हजुर माथिमाथि सधैँ हामी तलतल सधैँ
हाम्लाई पनि चुन्छौ चुन्न भनिदेऊ नेता हजुर ।
गल्ती ढाक्न अर्को कति भए होलान् पापकर्म
भा’को पाप धुन्छौ धुन्न भनिदेऊ नेता हजुर ।
कुुर्सीबलमा धेरैतिर छ्वास्सछ्वास्स छोयौ अरे
फेरि त्यस्तै छुन्छौ छुन्न भनिदेऊ नेता हजुर ।
आपतमा जे भनेर गुन लाए जनताले
गुन त्यही गुन्छौ गुन्न भनिदेऊ नेता हजुर ।
-जोरपाटी, काठमाडौँ