चन्द्र सूर्य आकाशमा धर्तीमा सुन्दर नेपाल
मेचीदेखि महाकालीसम्म हाम्रो देश नेपाल ।
फुट्नु हुन्न जुट्नु पर्छ नेपाली एक भएर
एउटै देशका सन्तान बाँचौं सधैँ एक भएर,
हामी हुन्छौं हुन्न युगौंयुग बाँच्नुपर्छ नेपाल
मेचीदेखि महाकालीसम्म हाम्रो देश नेपाल ।
हिमालको शिर जस्तै सूर्य झैं उज्यालो बनी
हामी एक हौं देशकोलागि दिन्छौं ज्यान पनि,
धर्ती आकाशमा म देख्छु हामी भेट्छौ नेपाल
मेचीदेखि महाकालीसम्म हाम्रो देश नेपाल ।
