Skip to content

तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल

  • by


प्रकृतिको खानी दाजै सधैं हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा

तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल

खुट्टाले खेलाउँदै पानी तिम्रो काख सिरानी
पछ्यौरीले घाम छेकी तिमी मुस्काएकी मेरी रानी
बादलमा आँखा छोप्छ माछापुछ्रे हिमाल
देखिकन भत्केर संकोचको पर्खाल

पहाडभरिको हरियो वन मन्द चल्ने पवन
मुहारमा दिव्य कान्ति मन भित्र रहिरह्यो शान्ति
फिका गुलाबी अधर गाला र गज झैं निधार
उस्तै छ मेरो हृदयगति र डुङ्गाको चाल

शब्द – नीर शाह
स्वर – प्रकाश श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *