यसै देशमा मलाई सधैं बस्न मन लाग्छ
यसै देशको माटो शिरमा घस्न मन लाग्छ
जानु छैन मलाई कुनै पराईको देशमा
देशको माया मुटुभित्रै कस्न मन लाछ ।
पराईको गुलाम बन्न किन जानु होला
पराईको चिहान खन् किन जानु होला
मलाई ता अँझै पनि देशकै माया लाग्छ
देशलाई छोडी भाग्ने मान्छे होइन जस्तो लाग्छ ।
कता कता माथि माथि लाली गुराँस फुल्छ
हाम्रो मुटू देशै भित्र माया पाइ झुल्छ
मलाई भने किन किन देशकै माया लाग्छ
बैमानीलाई सम्झियो कि आफै लाज लाग्छ ।
