Skip to content

कहिलेकाहीं म हाँस्छु

  • by


कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु
जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु

न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ
आफ्नो जीवनका पीडाहरुलाई
कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु
जो अत्याचार गरिरहेछन् केवल उनीहरुसित रिसाउँछु

सधैं अपुरो भइरह्यो सधैं अधुरो रहिरह्यो
आफ्नो जीवनका लक्ष्यहरु सारा
कहिलेकाहीं पिउँछु तर धेरै पिउँछु
जो होस हराउन खोज्छन् केवल उनीहरुसित पिउँछु

शब्द – नीर शाह
स्वर – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *