Skip to content

गहिराइमा डुब्दै नडुब

  • by


गहिराइमा डुब्दै नडुब
डुबिसकेको छौ भने मोती नटिपी नफर्क

पन्छिएर हैन गहिरिएर जाऊ
जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेर बस मृत्यु कुरेर
समस्याहरुसँग डर छ भने

आउँछन् धेरै उकालो ओरालो
एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
आतिएको मनलाई सम्हाल्दै जाऊ

शब्द – नीर शाह
स्वर – प्रकाश श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *