Skip to content

तीन मुक्तक (भूइँचालोजन्य मुक्तकहरू)


मुक्तक १

-म भुइंचालो पिएर बाँचिरहेछु
-मुटुको चिरा सिएर बाँचिरहेछु
मैले मेरै हत्केलाहरूमा उठाउनु पर्नेछ -नयाँ धरहरा :
हो, म यै अठोट लिएर बाँचिरहेछु

मुक्तक २

अब यो गाउँमा दोहोरी गाउने को होला ?
छहरोसित मितेरी लाउने को होला ?
सबै जना कुम्लो कुटुरो बोक्दै तल झरेपछि –
उकालोमा छाता ओढी आउने को होला ?

मुक्तक ३

तिमी बिना यो लामो बाटो काट्ने कसरी ?
मायाको दोहोरो डोरी अब बाट्ने कसरी ?
तिमी थियौ र दु:खसित सुख साट्थें म –
अब सधैं दु:खसित दु:खै मैले साट्ने कसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *